१० घण्टा ल गाएर ७७ फिट ला मो विशालकाय सर्प बनायो यो परिवारले, बाटो हिड्दा सर्प देख्नेहरु सबै परे चकित

0
169

एजेन्सी-अमेरिकाको कोलोराडो प्रदेशमा एक परिवारले बरफको एउटा ठूलो सर्प बनाएका छन् । उक्त सर्प बनाउने कलालाई धेरैले मन पराएर आश्चर्यमा समेत परेका छन् ।मन मूजली र उनका पाँच भाइ बहिनीले १० घण्टा लगाएर यो विशालकाय बरफको सर्प बनाएको समाचारमा जनाइएको छ ।

सर्पको लम्बाई ७७ फिट ९२३ मिटर० रहेको छ । सोसल मिडियामा एउटा भिडियो सेयर गरिँदै छ जसमा मन मूजलीको समूहले यो सर्प बनाउन कति मिहिनेत गरिएको छ भनेर देखाइएको छ ।

सर्पलाई आफ्नो आमाको घरको बगैँचा अगाडि बनाएका छन् । मूजलीले भनेका छन् यो समूहले सुरुमा सर्पको आकार बनायो, त्यसपछि त्यसमा स्प्रे पेन्टले रङ भरे र सेडिङ गरे ‘जब हामी साना थियौं तब हाम्रा पिताले हामीसँग मिलाएर यस्तो बनाउने गर्नुहुन्थ्यो । हामी रमाइलो गर्नका लागि यस्ता चिज बनाउने गर्छौं ।’मूजली भन्छन्, ‘उनीहरु तस्बिर खिच्नका लागि रोकिने गर्छन् ।

’उनीहरुको फेसबुक पेजमा थुप्रै मानिसहरुले उनीहरुले बनाएको बरफको सर्प देखेको र उनीहरुले परिवारको उत्कृष्ट कामको तारिफ गरेका छन् ।वरिपरिबाट हिँड्ने मानिसहरु र छिमेकीहरु बरफको यो ठूलो सर्प देखेर चकित पर्ने गरेको बताइएको छ । यस अघि उनीहरुले बरफको एउटा शानदार बाघ बनाएका थिए जसलाई स्थानीय मिडियामा असाध्यै देखाइएको थियो । स्नो आर्ट चर्चित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here