भागरथी प्र`करण : के के हुँदैछ् अनुसन्धान ? फाइल सरकारी वकिल कार्यालयमा !

0
956

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ह`त्यामा संलग्न रहेको आ`रोपमा प्रहरी हि`रासतमा रहेका दिनेश भट्टको डि`एनए परीक्षणका लागि पठाइएको छ ।

डि`एनए परीक्षणका लागि र`गत लगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो । डि`एनए परीक्षणबाट अ`नुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ ।

यसअघि भागरथीको भजा`इनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खो`जत`लास गर्दै जाँदा माघ २२ गते स्थानीय ल`वलेक जङ्गलमा वि`भ`त्स र नि`र्व`स्त्र अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीले घ`टनामा संलग्न रहेको आ`रोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।

आ`रोपितको तेस्रोपटक म्या`द थप

भागरथीको ह`त्यामा संलग्न दिनेशमाथि अ`नुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक म्या`द थप गरिएको छ । अ`नुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप पाँच दिनको लागि अनुमति पाएको हो । यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो । शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अ`नुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

अ`नुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ । उहाँले भन्नुभयो, “आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौँ, अ`नुसन्धानमै छौँ । अहिले नै सबै कुरा भन्न मिल्दैन ।” दिनेश ना`बालक रहेकाले २१ दिनभित्र हि`रासतमा राखेर अ`नुसन्धान सक्नुपर्ने हुन्छ । सोही अनुसार अ`नुसन्धान कार्य जारी रहेको हो ।

दिनेशले यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा आफूले नै भारगथीको ब`ला`त्कारपछि ह`त्या गरेको स्वीकारेका थिए । जिल्ला अस्पतालमा गरिएको भागरथीको श`व परीक्षण रिपोर्टमा पनि ब`ला`त्कारपछि ह`त्या भएको उल्लेख छ । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित स`नातन धर्म माविमा कक्षा १२ र आ`रोपि`त दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । दिनेश र भागरथी एउटै गाउँका हुन् । उनी दुवैबीच दिदीभाईको नाता पर्दछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here