एकपटक बिहे ग रेर थाहा पाइसकेँ यो मेरा लागि महत्वपूर्ण छैन : रि मा विश्व कर्मा

0
192

अभिनेत्री रीमा विश्वकर्मा चल्तीकी कार्यक्रम प्रस्तोता हुन् । सुन्दरता सँगै कार्यक्रम प्रस्तुतीकरणको शैलीलाई लिएर उनले धेरै फ्यानहरु बनाएकी छिन् ।

उनै रीमा बेलाबेलामा विवाहका कारण चर्चामा आउने गरेकी छिन् । कार्यक्रमकै क्रममा पनि उनलाई विवाहसँग जोडेर जिस्काउने गरिएको सुन्न पाइन्छ ।

पछिल्लो समय अभिनेत्री विश्वकर्माको विवाह प्रसंगले नेपाली फिल्मी क्षेत्र फेरि चर्चामा रहेको छ । कमेडी च्याम्पियनको दोस्रो भाग प्रसारण गर्न लागेको भन्दे गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री रीमा विश्वकर्माले फेरि बिहेको कुरा निकालेर माहोल तताएकी थिइन् । अब फेरि विहेको कुरा गर्ने बेला भएको छ, उनले भनेकी थिइन् ।

‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले आफ्नो बिहेको प्रसंग निकाल्दै अव फेरि विवाह गर्ने बेला भएको बताएकी हुन् । विवाहको कुरा गर्ने बेला भएको छ भने पनि रिमाले विवाह कहिले गर्ने भन्ने बारेमा भने केही पनि खुलाइनन् ।

पहिलो विवाह गरेको २ वर्षमा नै डिभोर्स गरेकी रिमाले दोस्रो विवाहका तयारीमा लागेकी हुन् की भन्ने धेरैले अनुमान गरेका थिए ।

विहेको प्रशंगमा अभिनेत्री रिमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने बताइन् ।

हरेक कुरामा कोही पर्फेक्ट नरहेको रिमाको तर्क थियो । ‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ । यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो,’उनले भनिन् ।

त्रकारहरुले अव विवाह कहिले गर्नुहुन्छ भन्ने प्रशनमा रिमाले भनिन्,‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’

Continue Reading

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here