इ ति हास र च्दै र बि ला मिछानेले यसरी धुमधामसँग नयाँ टिभी खो ले । ‘सिधा कुरा’ आउँछ कि आउँदैन ? (भि डियो हे र्नुस)

0
1109

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने भएको छ । यसका साथै न्युज 24 मा रबि लामिछाने प्रस्तोता रहेर आउने चर्चित कार्यक्रम सिधा कुरा जनतासंग कार्यक्रम पनि बन्द हुने भएको छ।यो कार्यक्रमले जनताको आवाज लाई बृहत रुपमा समेट्न सकेको हुनाले पनि यो कार्यक्रम चर्चित बनेको थियो। अब भने रबि लामिछानेले न्युज 24 छोडेर आफ्नै नयाँ च्यानल टिभी च्यानल खोल्दै छन् ।जसमा उनको आफ्नो लगानी हुनेछ।उक्त टिभी च्यानलको नाम ग्यालेक्सी राख्ने निर्णय गरेको स्रोतले जनाएको छ। अब सिधा कुरा जनतासंग कार्यक्रम उनकै टिभी च्यानल ग्यालेक्सीमा आउने छ।यसका साथै उनको नेतृत्व मा रहेको टिभी च्यानलले अबको दिनमा अझै धेरै कार्यक्रमका साथ जनतामा आउने तयारी गरेको छ।

(भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here