उ”र्ला”बारी घ’टनाको ड-र”लाग्दो रु”प बा”हि’रियो | प्र”ह”रीले फा”ईलको फो’टो प’रिवर्तन ग”रे प”छि ल”फ”डा भयो हे”र्नुहोस्

0
858

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया पुरा हेर्नुस अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न सक्दैन : गगन थापाकाठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्लज्जताको भारी अदालतले बोक्न नसक्ने बताएका छन् ।नवलपरासीमा आइतबार नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाद्वारा आयोजित सभामा बोल्दै थापाले सन्काहा ओलीको निर्लज्जताको भारी अदालतले बोक्न नसक्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने गरेको बताए । ‘प्रधानमन्त्रीले हिजो विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ?’ बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायालयलाई धम्क्याउने काम संसारका कुनै मुलुकमा नभएको उनले चर्चा गरे । सरकार चलाउने प्रधानमन्त्री सडकमा मान्छे बटुल्दै हिँडेका उदाहरण संसारमा कहीँकतै नभएको बताए ।

थापाले ओली सन्काहा मान्छे भएको बताए । ‘अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न सक्दैन,’ उनले भने ।प्रधानमन्त्रीले जे–जे गल्ती गर्दै जान्छन् त्यसको साक्षी अदालत बस्न नसक्ने थापाले बताए । प्रधानमन्त्रीले गरेको संसद् विघटन सही छ कि छैन भनेर सर्वोच्च अदालतले परीक्षण गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here