गु”ल्मीमा ३ युवक घरमा छिरेर बुहारीलाई लिएर बे’प’त्ता, सासु नजिकै मृ’ताअवस्थामा फेला प’रिन

0
4440

काठमाडौ । गुल्मीमा घटनामा मृत फेला परेकी सासुको ६ दिन पछि अन्त्यष्टि गरिएको छ । गएको ६ दिन अघि मध्यरातमा बुहारी अ प ह र ण परिन् । बुहारी माथि घटना भएको दुई दिन पछि फेरी उनकै सासु मृत फेला परेकी थिइन् । बुहारी भने अझ फेला परेकी छैनन् । सासु बुहारी र १६ महिनाको बच्चा भएको घरमा तीन जना युवक प्रवेश गर्छन ।

उनीहरुले बुहारीसंग बसेर र क्सी खा ए । उनीहरुले आफै लिएर आएका थिए । बुहारीले म विवाह हुनुभन्दा पहिला खा न्थे, विवाह भएपछि श्रीमानले के भन्नुहोला भन्ने सोचेर खाएकी थिइन ।म खान्छु है भनेर बुहारीले सासुसंग अनुमति मागेको उनका ससुराले बताएका छन् । तर त्यसको अघिल्लो दिन सासुसंग अनौठो कुरा समेत गरेकी थिइन् ।

दिउसो उनले सासुलाई अब म हजुरको छोरालाई भेट्न पाउँदिन होला, मेरो कसैले ज्या न पनि लिन सक्छ । उनले यसो भनेको भोलीपल्टै यस्तो घटना भयो । अहिले बुहारी पनि हराएकी छन् ।

बुहारी र तिन जना युवक बसेर र क्सी खान्छन् अनि १६ महिनाको नाती र हजुरआमालाई एउटा कोठामा राखेर तँ बोलिस भने मा रि दि न्छु भनेर चेतावनी दिन्छन् । अर्को दिन ति दिन जना बुहारीलाई लिएर कहाँ गए अहिले सम्म खुलेको छैन ।

प्रहरीलाई बुहारी खोजी दिन आग्रह गर्दा अझै फेला परेकी छैनन् । बुहारी फेला नपरुन्जेल र घटनाको वास्तविकता नखुल्दा सम्म सासुको अन्त्यष्टि नगर्ने प्रहरीको दवावका कारण ६ दिन सम्म उनको अन्त्यष्टि हुन सकेको थिएन ।

बुहारी कहाँ हराइन् भन्दै सम्झना बोहराका घर र माइती पक्षले उनको खोजी थाले । प्रहरीलाई उनीहरुले उजुरी दिए । प्रहरीले सम्झनाको खोजी गरिरहेकै थियो त्यती बेलामै सासु झु ण्डि एको अवस्थामा मृ त फेला परेकी थिइन् । उनी प्रहरीकहाँ उजुरी दिएर फर्किएपछि तँलाई जे पनि गर्न सक्छौं भनेर मलाई ध म्की दिए भनेर सासुले भनेको गाउँले बताएका छन् ।

घटनाको सत्य तथ्य पत्ता लगाउन माग गर्दै गुल्मीमा प्रदर्शन

गुल्मीको रेसुंगामा एक महिला वेपत्ता र उनकी सासु मृत भेटिएको विषयलाई लिएर स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी २२ वर्षीया सम्झना बोहोरा खत्री माघ २९ गते देखि वेपत्ता छिन् भने उनकी सासु फागुन १ गते घरनजिकै मृत भेटिएकी छिन् ।

वेपत्ताको खोजीका लागि भन्दै सम्झनाको परिवारले माघ ३० गते प्रहरीमा निवेदन दिए पनि सम्झनाको माइती पक्षले श्रीमान र सासूसँग पहिलेदेखि बेमेल रहेको आरोपसहित प्रहरीमा निवेदन दिएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले सम्झनाका श्रीमान नेत्रबहादुर खत्रीलाई हिरासतमा राखेको छ भने सासु तोमकला खत्रीलाई सोधपुछ गरी घर पठाएको थियो ।

अहिले सासूको मृत्यु भइसकेको र बुहारी बेपत्ता भएको भन्दै घरपरिवार र सम्झनाका माइती पक्षले दुवै घटनाको न्यायिक छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर प्रहरीले यस बिषयमा छानविनमा ढिलासुस्ती गरेको भन्दै जनप्रतिनिधि, महिला अधिकारकर्मी र दुवै परिवारका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको नेतृत्वमा घटनाको सत्यतथ्य छानविनको माग गर्दै रेसुङ्गा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, महिला अधिकारीकर्मी, दुवै परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । नाराबाजी गर्दै गएको टोली र प्रहरीबीच केही समय तनावको स्थिति सिर्जना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठ र रेसुंगाका मेयर डिल्लीराज भुसालसहितका जनप्रतिनिधि, राजनीतिक दल र अधिकारकर्मीबीच बिहीबार यस विषयमा छलफल भएको थियो ।

छलफलले मृत फेला परेकी खत्रीको शबको पोस्मार्टम गर्ने, अनुसन्धानलाई फराकिलो बनाएर लैजाने निष्कर्श निकालेको एक सुरक्षा अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here