पूर्वराजा रानीको गज्जब नाच बाहिरियो, पारस र हिमानी पनि यसरी गफिदै देखिए : रमाइलो जन्मदिन पार्टी (भिडियो सहित)

0
221

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको कुराले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । लामो समयदेखि टाढा रहेका यि दम्पत्तीबिच झापाको होटल मेची क्राउनमा भएको भेटले चर्चा पाएको हो । उनीहरु सामान्य अवस्थामा जस्तै गफिएका पनि सहभागीहरुले बताएको कुरा पनि सार्वजनिक भएको छ ।

आमा कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा हिमानी र पारस लामो समय पछि नजिकिएका हुन् । थाइल्याण्डवाट फर्किएपनि पारस परिवारका साथमा छैनन् । उनी पोखरामा बस्दै आएका थिए । पारसलाई निर्मल निवासमा प्रवेश गर्न नदिइएको कुरा सार्वजनिक भएको भएपनि त्यसको कारण भने खुलाईएको छैन ।

पारस र हिमानीबीच सम्बन्ध राम्रो नभएको करिब एक दशक भएको बताइएको छ । थाइल्याण्डमा पारसले कन्नीकालाई प्रेमिका बनाएको खबर सार्वजनिक भएपछि उनीहरुको उनीहरुबीच सम्बन्ध विग्रिएको बताइएको छ । हिमानी ट्रष्ट खोलेर सामाजिक काममा सकृय छन् । तर आमा कोमल छोरा बुहारीलाई पुनर्मिलन गराउने प्रयासमा छन् ।

तर आमाको जन्मदिनका दिन आमालाई शुभकामना दिन पुगेका पारसले सोही अवसरमा पत्नि हिमानीलाई भेट्ने अवसर पाएका हुन् । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो ।

उनीहरुले रमाइलो गर्दै नाचेको भिडियो पनि सार्वजनिक भएको छ । कोमल र पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी तथा कोमलको दिदीको ऐश्वर्याको गीतमा छमछमी नाचेको भिडियो सार्वजनिक भएको हो । उनीहरु त्यहाँ एक साता बस्ने बताइएको छ । एक साताका लागि पुरै होटल बुक गरेर पूर्वराजाको परिवार रमाइलो गर्दै बसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here