भा’गरथी घ’ट’ना’मा सं’लग्न उनकै नातेदार ! भा’ग’र’थीलाइ न्याय मा’ग्दै जुलुसमा समेत हिड्थे, प्रहरीलाई दिए यस्तो वयान

0
342

काठमाडौ । वैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको घटनामा प्रहरीलाई ठुलो सफलता मिलेको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका ब्यक्तिलाई बुधवार सार्वजनिक गर्ने भएको छ । पक्राउ परेका ब्यक्ति उनकै सहपाठी र नातेदार पनि भएको प्रहरीले जनाएको छ ।

घटनामा उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। भागरथी मृ त भेटिएको १३ औँ र बे प त्ता भएको १४ औँ दिनमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको पुष्टि गरेको छ। उनी भागरथीकै गाउँ बैतडी दोगडाकेदार गाउँपालिका ७ का दिनेश भट्ट रहेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ परेका किशोरलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताएका छन्।

उनले बयानका क्रममा घटना स्वीकार गरिसकेका छन् । भट्ट थरका ती किशोर पनि भागरथीकै छिमेकी र नातेदार रहेको खुलेको छ।

भागरथी अध्ययनरत बैतडीको दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत उनले घटना स्वीकार गरेका छन्।

भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण उनको ह \त्या गरिदिएको बयान उनले प्रहरी सामु दिएको प्रहरी स्रोतले जनाएको छ।

घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो। ती युवक भागरथीको न्यायका लागि हुने प्र र्द श नमा समेत सहभागी हुने गरेका थिए।

अ भि योग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पुगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here