सुन्दै अचम्म ला’ग्दाे, एउटै ब्यागकाे मूल्य ८३ क’रोड, कारण यस्ताे (हेर्नुहाेस्)

0
165

सुन्दै अचम्म लाग्दाे, एउटै ब्यागकाे मूल्य ८३ करोड, कारण यस्ताे (हेर्नुहाेस्) । इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) रहेकाे छ ।

ब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो । लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग लञ्च लगेको छ । चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ ।

समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण गरिएको बताइएको छ । बोरिनी मिलनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरुकता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनावरणमाथि गर्व भएको बताएको छ ।

गोहीको छालाबाट बनेको उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि बताइएको छ । इन्स्टाग्राम पोस्टमा एक भिडियोको माध्यमले यो ब्यागको सुन्दरताबारे देखाइएको छ ।

हल्का निलो देखिने यो ब्यागमा सुनको पुतली पनि राखिएको छ जुन हेर्दा निकै सुन्दर देखिन्छ । स्मरण रहोस् इटालियन ब्रान्ड बोरिनी मिलनेसी ब्याग बनाउने ब्रान्ड हो ।

याे पनि, दैनिक दुईटा ओखर खानाले शरिरलाई मिल्ने छ यति धेरै फाइदाहरु, जानकारीका लागि पढेर सेयर गर्नुहाेला । ‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ ।

ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम् चम्किलो बनाउँछ । के पाइन्छ त आेखरमा ? ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । साथै यसमा भिटामिन ए, बि६, बि१२, सि, डि, इ र के पाइन्छ ।

यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यसमा सोडियम कम र कालोस्टर पटक्कै हुँदैन । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here