श्रीमान विदेशमा श्रीमती नाठोसँग टाप, लगेको पैसा फिर्ता गर्न श्रीमानको अनुरोध । विदेशबाट पोखे पिडा ।- भिडियो सहित हेर्नुस्

0
80

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया पुरा हेरिदिनु होला – आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा दैनिक आठ घण्टाभन्दा कम सुत्ने अधिकांश मानिसमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिने एक अध्ययनले देखाएको छ अमेरिकाको न्युयोर्कस्थित विघम्टन विश्वविद्यालयलको एक अध्ययनले सो तथ्य पत्ता लगाएको हो । सुत्ने समयावधि र मानसिक अवस्थाबीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्ने व्यक्तिमा बढी मानसिक समस्या र चिन्ता देखिएको हो विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई आउने पाइएको उल्लेख गरिएको छआठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुण्ठा, तनाव र निराशा धेरै हुने अध्ययनले देखाएको छ । त्यसैगरी सो अध्ययनले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पनि पत्ता लगाएको छ ।अनियमित सुताई भएकाहरुमा नकारात्मक सोचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर समेत पर्ने गरेको अध्ययनले देखाएको छ ।

अनुसन्धान टोलीका एकजना सदस्यले नकारात्मक सोचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए ।अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टा सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।स्वस्थ रहने केहि टिप्सहरु

प्रशस्त सुत्नेः कति समय सुत्नुपर्छ, त्यो मानिस अनुसार फरक हुन्छ । दैनिक ७–८ घन्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक हुन्छ । समयमै सुत्ने र समयमै उठ्ने बानीले रोगसँग लड्न सक्ने क्षमता पनि बढ्छ । त्यसैले दैनिक एकै समयमा उठ्नको लागि आर्लम लगाएर सुत्ने बानी गर्नुपर्छ ।ब्रेकफास्ट गर्ने बानी बसाल्नेः बिहानको समयमा ब्रेकफास्ट नगर्नाले स्वास्थ्यमा नराम्रो असर पर्छ । बिहानको खानाले दिनभरको लागि उर्जा दिन्छ । ब्रेकफास्टमा स्वस्थ आहारको सेवन गर्नु राम्रो हुन्छ । जस्तै मौसम अनुसारको फलफूल, जुस, उसिनेको अण्डा आदि ।सफा पानी प्रयोग गर्नेः दूषित पानीले गर्दा हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस वा अन्य संक्रामक रोगहरू लाग्न सक्छ । त्यसकारणले सफा पानी प्रयोग गर्नु जरुरी छ । साथै दैनिक प्रशस्त पानी पिउनुपर्छ ।

खानेकुरामा ध्यान दिनेः ब्रो काउली, बन्दा, गेडागुडी, हरियो केराउ, सोया, तोफु, जामुन, बेरिज, कन्दमूल, बदाम, जैतुनको तेलजस्ता भिटामिन पाइने सामग्री हुन् । यस्ता खानाको नियमित सेवनसँगै केही स्वास्थ्यसँग सम्बन्धित व्यवहार पनि सुधार्न अत्यन्त जरुरी छ ।स्वस्थ्य मुटुका लागि जौ, मकै, गहुँ, कोदोलगायत फाइबरयुक्त खाद्य सामग्री उपयोगी हुन्छन् । तरकारीमा गेडागुडी, सिमी, केराउ, सोयाबिन आदि र फलफूलमा स्याउ, अम्बा, सुन्तला, मेवा, अंगुर, अनार, भुईंकटहरलगायत पर्छन् ।त्यस्तै तरकारीमा अन्य कुरिलो, ब्रोकाउली, तामा, बोडी, बन्दाकोभी, मुला, सलगम, लसुन २–३ कोसा दैनिक काँचो वा भुटेर सेवन गर्दा मुटुलाई फाइदा पुर्‍याउँछ । यसमा क्यालोरी र फ्याटको मात्रा कम भएकोले शरिरको तौल पनि नियन्त्रणमा राख्छ ।

शारीरिक व्यायामः नियमित तवरमा शारीरिक व्यायाम गर्नुपर्छ । कस्तो खालको व्यायाम गर्नु ठीक हो भन्ने कुरा उमेर र स्वास्थ्यमा भर पर्छ । त्यसैले कुनै नयाँ किसिमको व्यायाम सुरु गर्नुभन्दा पहिलो डाक्टरसित परामर्श लिनु राम्रो हो । थुप्रै विशेषज्ञको सल्लाह अनुसार केटाकेटी र युवायुवतीले हरेक दिन कम्तीमा ६० मिनेट सामान्यदेखि कडा व्यायाम गर्नुपर्छ । वयस्कहरूले हरेक हप्ता १५० मिनेट सामान्य वा ७५ मिनेट कडा व्यायाम गर्नुपर्छ ।सथै लिफ्टको सट्टा सिंढीको प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसले शारिरीक रुपमा कसरत हुन्छ र शरिरको तौल नियन्त्रण राख्छ । सिंढीको प्रयोग गर्नाले शरिरको फ्याट बर्न हुन्छ ।सरसफाइमा ध्यान दिनेः अमेरिकाको रोग रोकथाम र निवारण केन्द्र अनुसार रोग लाग्नदेखि बच्ने वा रोग फैलिन नदिने सबैभन्दा राम्रो उपाय हात धुनु हो । फोहोर हातले नाक वा आँखा छुँदा रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले हात फोहोर हुन नदिन नियमित रूपमा हात धुनुपर्छ । तर धेरैलाई हात धुने तरीका नै थाहा छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here