जिरे खुर्सानी’को जिरेले ठुलो भएपछि खेले- पहिलो म्युजिक भिडियो । शिशिर भण्डारीको यस्तो रुप..हेर्नुस ( पुरा भिडियो सहित )

0
195

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाडौं, २४ माघ । तामाङ समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा ३ दिने सार्वजनिक बिदा हुने भएको छ ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ल्होसार मनाउनका लागि माघ २८, २९ र ३० गते बिदा दिने निर्णय गरेको जनाइएको छ ।

तामाङ समुदायको सांस्कृतिक पर्वलाई ल्होसार भनिन्छ । तामाङ समुदायले ल्होसार पर्वका अवसरमा सामाजिक सद्भाव कायम गरी आफन्तजनसँग खुशीयाली मनाउने गरेका छन् ।तामाङ भाषामा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । नेपाली पात्रोका अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात् नयाँ वर्ष मान्ने गरिएको छ ।

याे पनि पढ्नुहाेस्

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर ग्राउन्ड’ले सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ पुस्तकको आधारमा चलचित्र बनाउने घोषणा गरेको हो।

द भल्चर डटकमका अनुसार बाराक र मिसेलको कम्पनीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ हुनेछ। यसको निर्देशन जेनिफर पिदोम र लुक डेभिसले गर्नेछन्। ओबामा दम्पतीको कम्पनीले निर्माण गर्ने चलचित्र नेटफ्लिक्समा सार्वजनिक हुनेछ।तेन्जिङ नोर्गे शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै सगरमाथा आरोहण गरेका तेन्जिङ र अर्का आरोहि एडमण्ड हिलारी सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोहि हुन्।

तेन्जिङको जन्म् १९१४मा थ्याङबोचेमा भएको अनुमान गरिएको छ। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको दार्जिलिङमा दिवंगत भए।२०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा सम्मान कार्यक्रम भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here