पुरुषका लागि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्ष बच्चा नहुने

0
366

वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्ने। अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए। महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ।

तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन्। त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ ।

भारतीय वैज्ञानिकहरुको पहिलोपटक यस्तो सुई बनाएको दाबी गरेका छन् ।यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले तयार पारेका हुन्।

सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्नेछ। उक्त सुईको प्रयोग भारतको पाँचवटा राज्यमा भइसकेको छ।

दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिएको हो । ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले सुई पास गरेपछि सर्वसाधारणले पनि लगाउन पाउनेछ।

काठमाडौं २६ साउन / केहिदिन यतादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका कैलालीका अर्जुन विकले आफ्नै जीवन कहानीमा आधारित नयाँ गीत रेकर्ड गराएका छन् ।

राजधानीको सडकमा छोरालाई बोक्दै रिक्सा चलाइरहेका विकको जीवनमा नयाँ तरङ्ग आएको छ । सञ्जालमा छाएका अर्जुन राजधानीबाट कैलाली घर पुगेर फेरि राजधानी नै फर्केका छन् ।

उनको श्रीमतीपनि मिडियामा आएपछि आफू घर जान बाध्य भएको अर्जुन बताउँछ । अर्जुनले यसअघि पनि गीतसंगीतमा काम गरिसकेको रहेछ , उनी भाइरल भएसँगै अर्जुन फिचर्ड म्युजिक भिडियोले पनि बजारमा चर्चा पाएको थियो ।डिय

एक सेल्फीका कारण रातारात चर्चामा आएका अर्जुनको सेल्फीलेनै जीवनमा खुसीको पल पनि ल्याइदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here