ओलीलाई काम गर्न नदिइएको सत्य हो : बैद्य

0
63

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट आन्दोलनबाट विचलित भएको बताएका छन् ।

डिसी नेपालसँगको कुराकानीमा वैद्यले भने, ‘सुरुको अवस्थामा हाम्रो सहकार्य हुन्जेल उहाँ (प्रचण्ड) ठिकै हुनुहुन्थ्यो, पछिल्लो चरणमा आएपछि उहाँमा एउटा विचलन आएको छ। जसले गर्दा उहाँले कम्युनिष्ट राजनीति सम्पूर्ण छोडदै जानुभयो।’

महासचिव वैद्यले नेपालका अब कम्युनिष्ट पार्टी नै नरहेको बताएका छन् । ‘पुरानो राज्यसत्ता र संसदीय व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी कम्युनिष्ट भन्ने ?’ उनले प्रश्न गरे।

उनले प्रतिनिधिसभा वि’घटनले गर्दा संसदीय व्यवस्था नै असफल भएको दाबी गरेका छन्। ‘प्रतिनिधिसभा वि’घटनको अवस्था आफ्नै पार्टीभित्रको अन्तरकलहबाट आएको हो।’ उनले भने,‘ यसले संसदीय व्यवस्थामाथि नै प्रश्न चिन्ह उठ्ने स्थिति आयो।’

नेकपामा अन्तरकलह आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड दुवैजनाको उत्तिकै भूमिका रहेको वैद्यको बुझाई छ। ‘ओलीजीले मलाई पार्टीभित्रैबाट काम गर्न दिइएन भन्नु्भएको छ, यो कुरा सत्य हो तर, प्रतिनिधिसभा नै वि’घटन गर्न हुँदैनथ्यो।’
ओलीलाई पार्टीले नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाएको हुनाले पार्टीको निर्णय मान्नुपर्ने उनको भनाई छ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here