पोखरामा हेर्दाहेर्दै यसरी भासियो जमिन,घरको बिचैमा चिरा पर्दा घरभित्र मान्छे यसरी जोगिए,अपडेट भिडियो ( पुरा भिडियो सहित )

0
83

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला हेटौँडा, माघ २० गते । आफ्नो कोखबाट बच्चा नजन्मने भएपछि पनि जीवन सुखमय बनाउन मान्छेले के मात्र गर्दैन ? अरुको बच्चा लगेर आफ्नो परिवारलाई खुसी बनाउन खोज्दा यस्तै नाटकीय घटना पर्दाफास भएको छ मकवानपुरमा ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ निवासी कुमारी तामाङ नाताले दाजु पर्ने सोमबहादुरका ४ महिने शिशु लिएर सुटुक्क भारत पुग्नुभएको हो । मनहरी गाउँपालिका, नेपाल प्रहरी, माइती नेपाललगायतको टोलीले हराएका बालकको ७७ दिनपछि भारतको राजस्थानबाट उद्धार गरेर ल्याएपछि नाटकीय घटना सार्वजनिक भएको हो ।
सामाजिक सञ्जालमार्फत चिनजान भएपछि भारतको राजस्थान घर भएका राजेन्द्र गोश्वामीसँग कुमारीको गतवर्ष विवाह भएको थियो । तर, विदेशमै आफ्नो पाठेघर अपरेसन गरी झिकिएपछि कुमारीबाट बच्चा जन्मने अवस्था थिएन । गोश्वामीको घरमा सानो बच्चाको आवश्यकता खड्एिको थियो ।

गोश्वामी दम्पतीले नेपालबाट कसैको बच्चा लगेर परिवारलाई आफ्नै बच्चा भनेर ढाँट्ने र पाल्ने योजना बनाए । सोही अनुसार २०७७ साल मंसीर ३ गते झोलुंगोमा सुतिरहेको आफ्नै दाईको ४ महिने शिशु बोकेर कुमारी राजस्थान लाग्नुभयो । उहाँलाई लिन चितवनको नारायणगढसम्म श्रीमान गोश्वामी पनि आउनुभएको कुमारीको भनाइ छ ।

सुतिरहेको छोरो बेपत्ता भएपछि निराश बाबु सोमबहादुर र आमा सीतामायाले चिनेजानेको सबै ठाउँमा बच्चाको खोजी गर्दा पनि नभेटेपछि कुमारी पनि गाउँबाट हराएको चाल पाउनुभयो । त्यसपछि वडा कार्यालय, प्रहरी लगायत निकायहरुमा उजुरी गरेपछि आमा सीतामाया, माइती नेपाल मकवानपुरकी संयोजक माया लामा लगायतको टोली भारत पुगेर बच्चा फेला पारी फिर्ता ल्याएको छ । गाउँपालिकाको नेतृत्वमा रहेको टोलीमा नेपाल प्रहरी पनि सम्मिलित थियो ।

भारतस्थित मुक्तिधारा संस्थान, माइती इन्डिया लगायत संस्थाको समन्वयमा बच्चा र बच्चा लैजाने कुमारीलाई फेला पारी नेपाल ल्याइएको माइती नेपालकी संयोजक लामाले बताउनुभयो । ‘आफ्नो बच्चा नहुने भएपछि दाईको बच्चा लगेको रहेछ’, टोलीमा सहभागी माइती नेपालकी संयोजक लामाले भन्नुभयो–‘श्रीमानकै सल्लाहमा बच्चा लगेको रहेछ ।’

टोलीले बच्चा र बच्चा लैजाने कुमारीलाई नेपाल ल्याएपछि मनहरी गाउँपालिकामा थप छलफल चलाएको छ । छलफलका क्रममा श्रीमान समेत छाडेर आउनुभएकी कुमारीलाई तत्काल गाउँपालिकाको सेफ हाउसमा राखेर मनोसामाजिक परामर्श दिने र बच्चालाई आमाको जिम्मा लाउने निर्णय गरिएको टोलीमा सहभागी जनप्रतिनिधि पुस्कर सुवेदीले बताउनुभयो ।

बच्चा लैजाने कुमारी अब बच्चाबिना भारत गएर श्रीमानको साथ रहन नसक्ने अवस्था भएकाले उनलाई नेपालमै बस्ने वातावरण बनाउनेतर्फ सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

कुमारीकी एउटा दाजु मनहरी ६ सुनाचुरी र आमा र भाइ चितवनमा बस्दै आएको बुझिएको छ ।
लामो समयपछि आफ्नो छोरा घरमा फिर्ता ल्याउन सफल भएकामा उनका बुवा सोमबहादुरले खुसी व्यक्त गर्नुभएको छ । स्थानीय सरकारको तर्फबाट छोराको खोजीका लागि पहल भएकामा उहाँले धन्यवाद ब्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here