नेपाली लाहुरेकी सासु रु दै आईन, ‘मलाई छोरीले घर न घाटको बनाई’ ( पु’रा भिडियो सहित )

0
224

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको काठमाडौ लगायत मुलुकभर प्रभाव परेको छ । काठमाडौमा नेपाल प्रहरीले स्कर्टिङ गरेर समेत केही सार्वजनिक सवारीलाई बाहिर पठाएको जनाएको छ ।तर एक युवतीले हिम्मत गरेर आफ्नो स्कूटर मात्र निकालेकी छैनन् उनले आफ्नो स्कूटरमा सडकमा अभर परेकालाई लिफ्ट समेत दिएकी छिन् । उनको यो कामको सबैले सामाजिक सञ्जालमा प्रशंसा गरेका छन् ।

उनले बाइकमा नेपाल बन्द छ लेखेर बन्दको ठाउँमा खुला लेखेकी छिन् । त्यसको तल यो बाइकले लिफ्ट दिन्छ लेखिएको छ ।हडतालमा उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् । प्रचण्ड र माधव कुमार नेपाल सहितका मुख्य नेताहरु नै सडकमा उत्रिएका छन् ।भित्रि सडकमा केही यातायात चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।

काठमाडौँ । प्याज निकै सजिलै पाइने खाद्य वस्तु हो । धेरैजसो मानिसहरु यसको तिखो गन्ध र काट्दा आँसु आउने भएकाले यसलाई रुचाउँदैनन् । तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ ।प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ जसले कपालको विकासमा मद्दत गर्दछ । त्यसकारण धेरैजसो मानिसहरु कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्दछन् । प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउँदा कपाल झर्न रोकिने र टाउकोको संक्रमण आदिबाट जोगाउन मद्दत गर्दछ ।

यो घरेलु उपायले कपाल चम्किलो र बलियो बनाउनका लागि निकै अद्भुत तरिकाले काम गर्दछ । यदि तपाईं पनि आफ्नो कपाललाई स्वस्थ, चम्किलो र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसले बनाएको हेयर प्याकको प्रयोग गर्नुहोस् ।प्याजको रस प्याजको रस निकालेर त्यसलाई आफ्नो टाउकोको छालामा लगाएर २०–३० मिनेटसम्म यत्तिकै छोड्नुहोस् । यो क्रममा आफ्नो टाउकोलाई रुमालले बेर्नुहोस् ता कि कपालको जराले प्याजको रस सोस्न सकोस् । त्यसपछि स्याम्पुले राम्रोसँग नुहाउनुहोस् ।

प्याजसँग बियरबीयरले तपाईंको कपाललाई प्राकृतिक रुपमा चम्किलो बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउँदा कपाल निकै चाँडै बढ्नुका साथै चम्किलो पनि हुन्छ । कपाललाई बढाउनका लागि यो उपायलाई एक हप्तामा दुई पटक प्रयोग गर्नुहोला ।प्याज र नरिवलको तेल तेलसँगै प्याजको रसलाई मिसाएर लगाउँदा कपाल राम्रोसँग बढ्छ र कपालले पर्याप्त पोषण पनि पाउँछ । प्याजको रसलाई तेलसँग मिसाएर टाउकोमा मसाज गर्नुहोस् । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाउनुहोस्, मज्जाले निचोर्नुहोस् र कपाललाई बेर्नुहोस् ।

प्याजको रससँग महकपालको विकासका लागि यो निकै प्रभावकारी उपाय हो । यो प्याकलाई बनाउनका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेष्टलाई टाउकोको त्यो भागमा लगाउनुहोस् जहाँ कम कपाल छन् ।प्याजसँग कागती कागती र प्याजको रसको प्रयोगले कपाल बढ्न सहयोग गर्दछ । कागतीको रसले टाउकोको छाला सफा गर्नुका साथै कपाल झर्न पनि कम गराउँछ ।

प्याजको रस र रम कपालको विकासका लागि प्याजको रसको प्रयोग सबैभन्दा सजिलो तरिका हो । यसका लागि तपाईंले कोरेसोमा कोरेर राखेको प्याजलाई एक गिलास रममा रातभरी भिजाएर राख्नुपर्ने हुन्छ । बिहान यसको मिश्रण छानेर तपाईंले टाउको मसाज गनुपर्ने हुन्छ । यसो गर्दा तपाईंको कपाल बलियो हुन्छ र चाँडै बढ्न पनि सहयोग पुर्याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here