बैतडीमा कलेज हिँडेकी किशोरीको शव जंगलमा यस्तो अवस्थामा भेटियो, कसरी भयो उनको मृत्यु?

0
299

एक किशोरी कलेज जान घरबाट निस्किइन् । त्यसपछि परिवारले उनीसँग सम्पर्क गर्न सकेन । खोज्दै जाँदा किशोरीको शव भेटियो । यो घटना बैतडीको हो । ती किशोरी मृत अवस्थामा भेटिएपछि परिवार र आफन्त स्तब्ध बनेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १९ वर्षीय भागरथी भट्ट जंगलमा मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरीका कार्यालय बैतडीका अनुसार विद्यालय गएकी किशोरी स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी हुन् ।

उनी घरबाट कलेज जान्छु भनेर गएकी थिइन् । त्यसपछि परिवारको सम्पर्कमा नआएको खुलेको छ । बिहिबार ६ बजेतिर जंगलमा शव भेटिएको खबर आएपछि प्रहरी टोली त्यसतर्फ गएको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार घटनाबारे थप जानकारी आउँन बाँकी नै छ ।

भट्ट सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययरत थिइन् । उनको मृत्युको कारण खुलेको छैन । परिवारले कसैले ज्यान लिएको हुनसक्ने शंका गरेका छन् । फाइल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here