इज्जत जाने डरले पैसा दिएर आमाबुवाले १७ वर्षकी छोरी माथि घटना गराए

0
610

काठमाडौ । छोरीले गाउँकै युवकसंग प्रेम गरेको थाहा पाएपछि इज्जतको डरले आमा बुवाले आफ्नै छोरी विरुद्ध कठोर निर्णय लिएको घटना सार्वजनिक भएको छ । ति बुवा आमालाई आफ्नो छोरीको भन्दा इज्जत प्यारो भयो । सुपारी दिएर आमाबुवाले नै छोरीको ज्या’न लि’ए’को रहस्य खुलेको हो ।

रौतहटको माधव नारायण नगरपालिका ७ लौकाहाकी १७ वर्षीया किशोरीले प्रेमको बदला संसारवाटै विदा हुनु परेको छ । घटनामा संलग्न किशोरीको बुवा रामअयोध्या साह तेली, रौतहट परोहा नगरपालिका ४ बस्ने अमृताका भिनाजु छोटेलाल साह, देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनियाका शेख अलियास, बहुदल भन्ने ईस्लाम अंसारी, शेख ईम्ताज, कैमुल देवान पुर्पक्षका लागि आइतबार जे ल चलान भएको रौतहटका प्रहरीले जनाएको छ।

किशोरीको बुवा सहित ६ जनालाइ अदालतले जे ल चलान गरेको तथा किशोरीकी आमा सीता देवीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए।

गत कार्तिक २६ गते माइतीघरमा आमासँग सु’ति’रहेको अवस्थामा १७ वर्षीया अमृता कुमारी साहको रहस्यमय निधन भएको थियो । उनलाई गो’ली हा’नि’एको थियो। रौतहटको माधवनारायण नपा ५ मा करिब एक महिना अघि भएको यो घटनामा आमा बुवा नै जिम्मेवार भएको रहस्य खुलेको हो ।

उनी माइत आएर बसेकी थिइन् । २०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भए पनि उनी माइतमा नै बस्दै आएकी थिइन् । गतवर्ष फागुनमा सर्लाहीको विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह भए पनि अम्रिता माइतीघरमै बस्दै आएकी थिइन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here