दुनियाँका १० अजिब मान्छे, जसलाई देखेर तपाई अचम्म पर्नुहुनेछ ।Top 10 strongest man in world – भिडियो सहित हेर्नुस्

0
330

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया पुरा यो पनि हेर्नुस् – उद्यमी बन्न चाहनेका लागि तीन प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण पाउने अवसर-काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उद्यमी बन्न चाहनेका लागि बढीमा तीन प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण दिने भएको छ । देशमै स्वरोजगारी सिर्जना गर्न विभिन्न निकायसँग सहकार्य गरी बैंकले सहुलियतपूर्ण कर्जाको सुविधा दिन लागेको हो ।यसका लाग नवीनतम सोचमा आधारित युवाले आफ्नो अवधारणा पेश गर्नुपर्ने हुन्छ । सरकारले याे नयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह गरेको छ ।

आइतबार आयोजित युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले युवाले नयाँ अवसरको सदुपयोग गर्नुपर्ने बताए । युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको भनाइ उनकाे थियाे ।

बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले संयुक्त रूपमा आयोजना गरेको साे कार्यक्रममा मन्त्री गुरुङले कोभिड १९ ले शिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सृजना गर्न युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको बताए ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप व्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवसर रहेको बताउँदै युवाहरुमा सोच, संकल्प, निरन्तरता र व्यवसायिक रणनीति हुनुपर्ने बताइन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यानले ‘कम्फट जोन’मा बसेर समस्या देखाउनुभन्दा नयाँ अवसरहरुको उपयोग गर्न आग्रह गरे ।त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियतपुर्ण कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरेका छन् ।विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफनो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई नि:शुल्क तालिम र सहुलियत कर्जा प्रदान गर्ने बताए ।उनका अनुसार माघ महिनाभर उद्यमी बन्न चाहने युवाले नवप्रवर्तन प्रवर्द्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को www.startupideacall.org वेबसाइट मार्फत प्रस्ताव बुझाउन सक्नेछन् ।त्यहाँ आएको प्रस्ताव संकलन गरी त्यमध्येबाट उत्कृष्ट आइडिया पठाउने युवालाई उद्यमशीलता सम्बन्धी नि:शुल्क तालिम र राष्ट्रिय वाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा दिइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here