सचिन परियारले एउटा गित गएको रेट ४५ हजार मोडल बिमला अधिकारीको आपत्ति सचिनलाई ल्याउनेले मिस यूज गरे – भिडियो सहित हेर्नुस्

0
143

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया यो पनि पुरा हेर्नुस् – वर्षा र सविनको भएको हो ब्रेक अप ? खुल्यो यस्तो रहस्य-काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र सविन जंग बस्नेतको ब्रेकअप भएको छ । अमेरिकाको टेक्सासमा रहेका सविनले स्ट्याटसमार्फत वर्षाले आफूलाई धोका दिएको बताएका छन् । उनले वर्षासँगका तस्बिर सेयर गर्दै अप्ठेरो समयमा वर्षाले साथ नदिएको गुनासो गरेका छन् ।इन्स्टामा थुप्रै स्ट्याटस राख्दै सविनले लेखेका छन्, ‘म ट्रमाटाइज्ड महसुस गरिरहेको छु । म फेरि विश्वास गर्न सक्दिन । मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो । गल्ती मैले पनि गरेँ हुँदा तिम्ले पनि गर्‍यौ होला तर मेरो प्रेम निर्दोष थियो तर तिम्रो इगो र एटिच्युडले त्यो मारियो,’ सविनले लेखेका छन् ।

वर्षाले दिएको धोकाले आफूलाई हरकुरासँग डर लाग्ने गरेको पनि सविनले लेखेका छन् । ‘मलाई अगाडि बढ्न डर लागेको छ । सास फेर्न डर लागेको छ । हरेक कुराको लिमिट हुन्छ तर मैले आफ्नो एन्जाइटी नियन्त्रण गर्न सकेको छैन । म जस्तो जेन्युइन सोच राख्ने मान्छेलाई दुखाए , अपमान गरे त्यो पनि त्यसले जसको मैले कल्पना पनि गरेको छैन । तिमीले जीवनभरका लागि प्रेमलाई हेर्ने मेरो दृष्टिकोण भताभुंग पार्यौ ।’

सविनले वर्षा र आफ्नो प्रेम १७ महिना पुरानो भएको जनाउँदै यो अवधिमा बिताएको समय असल रहेको पनि बताएका छन् । सविन र वर्षाको प्रेम गत वर्षको दसैँयता सुरु भएको थियो । भर्चुअल कुराकानी गहिरो बन्दै गए पछि वर्षा गत सालको दसैँ लगत्तै सविनलाई भेट्न अमेरिका उडेकी थिइन् ।

यो वर्ष पनि वर्षा कोरोना महामारीको पर्वाह नगरी सविनलाई भेट्न अमेरिका गएकी थिइन् । अमेरिका रहेको बेला उनले इन्स्टा र सामाजिक सञ्जालमा सविनलाई लुकाउँदै लुकाउँदै देखाउने गरेकी थिइन् ।नेपाल फर्किएपछि भने वर्षा र सविनको फोटो समाचार आउन थालेको थियो र वर्षाले चाँडै नै विवाह गर्ने बताउँदै आएकी थिइन् । सविनसँग नाम जोडिनु अघि भने वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here