९ बर्षमै प्रहरी पोषाकमा पृथ्बीको सबैलाई चकित पार्ने प्रतिभा, उनको कला देख्नेहरु सबै चकि’त (भिडियो सहित)

0
302

काठमाडौ । तपाईले भर्खरै प्रहरी पोशाकमा आए के गर्नुहुन्छ होला ? यसो सोच्नुस त । हो आज हामी तपाईलाई यस्तै सानै उमेरमा प्रहरीको पोशाकमा टिकटक हल्लाएका भाईको बारे कुरा गर्दैछौ । उनको नाम हो पृथ्बी जंग आले मगर, जो बल्ल अहिले ९ बर्षमा लागेका छन ।

अचम्मको कुरा त के छ भने यिनले गर्ने सबै टिकटक भिडियोहरुमा नेपाल प्रहरीको मात्र पोशाकहरु लगाएका हुन्छन र अहिलेसम्म प्रहरीबाट पनि त्यस्तो कुनै नोटिस नआएको बताउछन यिनी ।

देख्दा क्युछ र लजालु देखिने पृथ्बी टिकटकमा भने आफनो बाबाको कारण आएको बताउछन र आफनो लगाब पनि दिन प्रतिदिन यसैमा बढदै गईरहेको पनि बताए ।हरी बनेका भनेर धेरै मिडियामा पनि भाईरल भए तर उनी त्यति सानै उमेरमा कसरी प्रहरी बन्न सक्थे होला र ? भन्ने सबैको सोच पनि आयो र नभन्दै उतm ड्रेस पनि सुटिङको लागि लिएको रहेछ ।

सानै उमेरका प्रहरीको बर्दी लगाउन पाएका पृथ्बीको लक्ष्य भने ठूलो भएसी प्रहरी बन्नेनै रहेछ त्यसैले उनी यस पोशाकमा सजधजका साथ अभिनय गर्दा रहेछन । अहिलेको जमानामा टिकटकले धेरैलाई यसरी अभिनयमा प्रेरित पनि गरिरहेको छ ।

त्यसैको पछिल्लो उदाहरण हुन पृथ्बी हेर्नुस यिनको चकित पार्ने प्रतिभा…

वामदेव गौतम पनि दाहाल तिरै

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतम आफ्नै पक्षमा आउने बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत वि’रोधसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

वामदेवजीले अस्ति मलाई फोन गर्नुभएको थियो। हामी सँगै भाषण गरेर हिँड्नुपर्ने होइन? भनेर सोध्दा आउँछु भन्नुभएको छ’ ‘उहाँ आउनुहोला नहोला। तर, मिलाउँछु भनेर लागि राख्नुभएको छ।

उनले प्रतिगमनको वि’रुद्धमा कुनै सहमति नहुने जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् वि’घटन गरेपछि नेकपा विभाजित बनेको बेलामा उपाध्यक्ष गौतम तटस्थ बसेका छन् ।

संसद् वि’घटनपछि प्रधानमन्त्री ओली, अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालबीचको शक्ति संघर्ष चलिरहेको बेलामा उपाध्यक्ष वामदेव गौतम अर्को शक्तिको रूपमा देखा पर्न खोजेका छन्।

पार्टीभित्र अस्थिर चरित्रको रूपमा परिचित गौतमले पार्टी पूर्णरूपमा दुई धारमा वि’भाजित भइसकेको अवस्थामा पार्टी एकता गर्ने लक्ष्यका साथ पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।

पार्टीभित्रको विवादको क्रममा जहिल्यै पनि चर्चामा रहने गौतमले एकता अभियान घोषणा गरेको अर्को चर्चाको विषय बनिरहेको छ। यसअघि दुई अध्यक्षबीचको विवादका क्रममा पनि गौतम अध्यक्ष दाहाल खेमामा उभिएका थिए।

तर, प्रधानमन्त्री ओलीले कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको आश्वासन दिएपछि प्रधानमन्त्री ओलीलाई फाइदा पुग्ने गरी उनले ६ बुँदे प्रस्ताव ल्याएका थिए। यद्यपि, यसअघिको विवादको क्रममा उपाध्यक्ष गौतमकै प्रस्तावपछि वि’वाद समाधान गर्न सफल रह्यो।

भदौ २६ पछि नेकपामा उत्पन्‍न वि’वादमा पनि उपाध्यक्ष गौतम अध्यक्ष दाहाल पक्षमै उभिएका थिए। तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री/पार्टी अध्यक्ष दिने प्रस्ताव फ्याँकेपछि उनी मध्यमार्गी भूमिकामा रहेर तटस्थ बसे । र, अहिले पार्टी एकताको घोषणा अभियान सुरु गरेका छन् ।

आयोगले गर्यो यस्तो तयारी

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचार’संहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ।

आयोगका अनुसार, निर्वाचन आ’चारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ। निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुल्नेछ।

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ। दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेर कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

निर्वाचन कार्यक्रम कार्यातालिका पनि अहिले तर्जुमाकै क्रम अर्थात् मस्यौदा बन्दै गरेको अवस्थामा छ। कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूचना जारी गर्ने प्रवक्ता श्रेष्ठले बताए।

निर्वाचन कार्यतालिका स्वीकृत भएपछि शुरुकै काम भनेको नै निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण हो। आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निश्चित समय दिएर दल दर्ताका लागि आह्वान गर्नेछ।

राजनीतिक दल दर्ता भएपछि मात्र अरु गतिविधि अघि बढ्ने भएकाले सुरुकै कार्यक्रमअन्तर्गत दल दर्ता पर्छ। त्यो अब छिट्टै गर्नुपर्ने अवस्था छ’, प्रवक्ता श्रेष्ठले भने।

प्रतिनिधि सभा विघ’टन र निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मु’द्दामाथिको बहस अझैं सकिएको छैन। जसले गर्दा निर्वाचनका लागि तोकिएको मिति क्रमशः साँघुरिदै गएको आयोग प्रवक्ता श्रेष्ठले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here