सबैलाई रुवाउने भिडियो: मेरो छोरा भन्दै डाँको छाडेर सन्तोषलाई अंगालो हालिन। ( पु’रा भिडियो सहित )

0
143

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् ।जसले गर्दा तपाईंको काम प्रभावित हुन सक्छ भने समयमै वास्ता गरिएन भने भने यसले ठूलो समस्या ल्याउन सक्छ । टाउको दुखाइका लागि तपाईले घरेलु उपचार पनि गर्न सक्नुहुन्छ जसबाट तपाईंले छुटकारा पाउन सक्नुहुन्छ ।

पुदिना:माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।ल्वाङ र नुनको प्रयोग:टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।

दालचिनी पाउडर:टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।कागती र तातो पानी:लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

लसुनको रस :लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।जीरा र अदुवाको रस :धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।

यो पनि पढ्नुहोस् :मानिसको प्रतिरक्षा प्रणाली कसरी बूढो हुन्छ त ? यो पढ्नुहोस् !:कोभिड-१९ ले हाम्रो प्रतिरक्षा प्रणालीको महत्त्वलाई उजागर गरिदिएको छ। प्रतिरक्षा प्रणाली कोष, तन्तु र अङ्गहरूको यो एउटा जटिल जालो हो। अनि यो नै सङ्क्रमण तथा रोगहरूलाई परास्त गर्ने मुख्य अस्त्र हो।यसले हामीलाई सबै प्रकारका रोगहरूबाट बचाइरहेको हुन्छ। तर शरीरका सबै अङ्गप्रत्यङ्गजस्तै प्रतिरक्षा प्रणाली पनि वर्षैपिच्छे बूढो हुँदै जान्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here