तिमीले शहादत प्राप्त गरेको यो डेढ दशक बितिसक्दा पनि खै किन किन मेरो स्मृतिबाट तिमी हराउन सकेकी छैनौ

0
156

प्रिय शिला,आज पन्ध्रौँ स्मृति तिम्रो । तिमीले शहादत प्राप्त गरेको यो डेढ दशक बितिसक्दा पनि खै किन किन मेरो स्मृति बाट तिमी हराउन सकेकी छैनौ। आज फेरि पन्ध्र बर्ष पछि तिम्रो नाममा दोस्रो चिट्ठी लेखिरहँदा मनमा केहि शान्ति मिलेको आभाष गरिरहेको छु । यत्तिका बर्ष पछि पनि जीवनको अन्तिम सास फेर्नु अघि ‘साथी साथ छुट्यो भन्दैमा हरेश कहिल्यै नखानु …….।’ भन्दै तिमीले गुन्गुनाएको गीत मेरो मन मष्तिस्कमा गुञ्जि नै रहेको छ।

समयको अन्तर सँगै लेखिएका यी दुईवटा चिट्ठीमा कति धेरै अन्तर छ । तिमी यो चिट्ठी पढ्न सक्दैनौ अनि पहिलो पत्रमा जस्तै टिप्पणी गर्न सक्दैनौ । तै पनि यो चिट्ठीमा एउटा समानता भने अवश्य छ त्यो हो तिमी प्रतिको माया । आज पनि तिमी सँगै बिताएका केहि मिठा पलहरुले मलाई उस्तै मिठो आनन्द दिईरहेका छन।

आज सहिद सप्ताहको छैटौँ दिन गंगालाल श्रेष्ठ र दशरथ चन्द्र ठाकुरलाई गो’ली हा’नी मा’रिएको दिन तिम्रो बलिदानको किर्तिमान सँगै बोकेर आउँदा तिम्रो नाममा केहि नलेखी बस्नै सकिनँ । प्रजातन्त्रको लागि गंगालाल श्रेष्ठको बलिदान जस्तै गणतन्त्रका लागि शिला श्रेष्ठको बलिदान उत्तिकै मुल्यवान छ । गणतन्त्र नेपालको एउटा चम्किलो तारा तिमी, हरेक माघ १५ मा तिम्रो स्मृति ताजा बनेर आईरहने छ।

गहिरो सम्झना छ मलाई । सिन्धुलीको दमारमा जब पहिलो पटक हामी भेट भएका थियौं । बच्चा जस्तै हामी माटोमा खेलेका थियौं । हाम्रा टिन एजर हातहरुले त्यो माटोमा सिरहाको बन्दिपुर ब्यारेकको आकृति हु बहु उतारेको थियो । आज सोह्र बर्ष पुग्न लागेछ । अझै कति ताजै छन यादहरु । जव पूर्वि डिभिजनमा एउटै बिभागमा तिमी पाँचौ ब्रिगेड र म छैठौं ब्रिगेड बाट छनौटमा पर्दा एउटा उत्साह छाएको थियो । नयाँ फर्मेशनमा तिमी सँगको सहकार्यले बिल्कुलै नयाँ उर्जा दिईरहेको थियो । जव सेक्युरिटी वटालियनको टुकडी मुभ हुन्थ्योे तब तिमी मेरै अघि पछि हुन्थ्यौ । कहिले टुकडीको अघि अघि त कहिले पछि पछि । एक अर्कामा ल’डाँइका अनुभूतिहरु सेयर गर्दै हिँडेका ति दिनहहरु सम्झेर आनन्दित हुन्छु । बिशेष जिल्लाका तिमी सँगका यात्राहरु अति बिशेष लाग्छ । कहिलेकाहीँ तिमी सँगका यादहरु बोकेर ति हिमाली बस्तिमा जाउँ जाउँ जस्तो लाग्छ । जहाँ तिम्रा र मेरा पाइलाहरु अघि पछि भेटिउन।

ए अनि तिमीलाई मेरो राइटिङ्ग कति मन पर्थ्यो है । तिम्रो डायरीमा मेरा अक्षरहरु आकर्षक लाग्थे तिमीलाई । पटक पटक तिमी मेरो झोलामा आफ्नो डायरी सुटुक्क राखिदिन्थ्यौ । अझै पनि तिम्रो डायरी मेरो झोलामा छ की जस्तो लागिरहन्छ । बिभिन्न कला र साहित्य को त्यो डायरी त्यो हिमालको काखमा शायद अब भेटिने छैन।

हाम्रो त्यो मिठो सहकार्यमा डाह गर्नेहरु पनि त थिए । तिनीहरु हामीलाई हर सम्भव अलग्याउन चाहन्थे । एकदिन तिमी त्यसको शिकार थियौ। र त तिम्रो ब्यवहारमा कहिल्यै नदेखिएको परिबर्तन एक्कासी देखिएको थियो । तिमी धेरै पर एकान्तमा एक्लै टोलाईरहेकी थियौ । खै के पीडा थियो तिमीलाई त्यस दिन बताइनौ । खासै बोलिनौ पनि । कुनै दिन खुशी भएको बेला सोध्ने मन थियो । तर त्यो दिन आएन।

त्यो साँझ तिम्रो नाममा लेखेको पहिलो पत्र तिमीलाई दिनु अघि म पढेर साथी संयोगलाई सुनाउँदै थिएँ । झण्डै आधा पढिसक्दा एक्कासी तिमी हाम्रो कोठामा छिर्यौ । मैले त्यो चिट्ठी तिम्रो हातमा अपर्झट थमाएँ । तिमी बोकेर बाहिर निस्कियौ । निकै बेर पछि मलाई बोलायौ । त्यो चिसो जुनेली साँझमा तुषारोले खुल्ला आकाश मुनि सेतै बनाइसकेको थियो । नजिकै सेतै हिमाली श्रृंखला हामीलाई नै चियाईरहेका थिए । तिमी त बर्को ओढेर पहिल्यै बसिसकेकी थियौ । तर म भर्खर सिरक छोडेर आएको एकसरो चिसो सिरोटोको पहिल्यै सामना गरेँ मैले । जब म तिम्रो नजिकै आज्ञाकारी भएर बसेँ , तिमीले मेरो एक एक गुनासोको सम्बोधन गर्दै गयौ । कतै तिम्रो आफ्नै गुनासा हुन्थे त कतै टिप्पणी । तर यो तिम्रो नाममा लेखेको दोस्रो पत्रमा तिमी प्रति मेरो कुनै गुनासो छैन न त तिमी नै यो पत्रमा टिप्पणी गर्न सक्छौ । मात्र यसमा तिमी प्रतिको असिम माया पोखिएको छ।

तिमी आकाशबाट बर्षिएका ब’महरु छल्दा छल्दै घा’इते भयौ । तिम्रो घा’इते शरिरले वरिपरि साथ दिने साथीहरु नभेट्दा खै कस्तो महशुस गर्यो होला ? त्यसबेला तिमीलाई कति मानसिक पी’डा थपियो होला ? सम्झेर कतिपटक ऐ’ठान हुन्छ मलाई।

थाहा छ तिमीलाई, तिम्रो त्यो पी’डादायी क्षण सम्झेर मेरो शारिरिक सहनशीलतामा कति धेरै बृद्धि भएको छ ? डिभिजन को सैनिक तालिममा प्रथम हुँदा त्यसको श्रेय मैले तिमीलाई दिएको थिएँ । सैनिक तालिमका क’ठिन शारिरिक अभ्यासहरुमा म तिम्रो ‘पिडा सम्झेर दाह्रा किटेर सहन्थेँ । अनि मेरो सबै पी’डा फिक्का भएर जान्थ्यो । नेपाली सैनिक एकेडेमीबाट शारिरिक सहनशीलता पुरस्कार लिँदा पनि त्यसको श्रेय तिमीलाई नै दिएको थिएँ । त्यो सहनशीलता तिम्रो पी’डाबाट जन्मिएको थियो । जीवनका हरेक कठिनाइहरुमा तिमी आउँछौ अनि मलाई सफलता तिर डोर्याउँछौ । त्यो सफलताको खुशीमा कसरी बिर्सन सक्छु म तिमीलाई ?

तिमीलाई सम्झँदा मात्र पनि कति उर्जा प्राप्त हुन्छ । तिमीसँगको छोटोे सहकार्यले मलाई जीवन बदल्न सक्ने सौभाग्य प्राप्त भयो । शायद अर्को जुनिको बिश्वास गर्ने हुँदो हुँ त लाखौं प्रार्थना गर्ने थिएँ केवल तिमीलाई पाउन । त्यो जुनिभर तिमीलाई सेयर गर्न पुग्ने अनुभवका चाङ छन म सँग।

तिम्रो बियोगमा आँशु बगाइरहँदा मेरी श्रीमतीमा त्यसबेला मलाई तिम्रो झझल्को आउँथ्यो । आजभोली म छोरीको अनुहारमा तिमीलाई देख्छु । हरेक बर्ष माघ १६ सहिद दिवस तिम्रो ताजा सम्झना सँगै छोरीको जन्मदिन बोकेर आउँछ । र त छोरीको अनुहारमा तिमी प्रतिबिम्वित हुन्छौ । जहाँ जहाँ जान्छु म त्यहाँ त्यहाँ मलाई तिम्रो छाँयाले पछ्याइरहेको आभाष हुन्छ । कहिले श्रीमतीको रुपमा त कहिले छोरीको रुपमा । शारिरिक आकर्षण भन्दा टाढाको त्यो माया म’र्दैन रहेछ शरिर सँगै । जब एक्लो महशुस गर्छु म त्यसबेला तिमीसँगका मिठा पलहरु सम्झेर आनन्दित हुन्छु । तिम्रो कल्पनामा डुबेर मलाई बाँच्नुको पनि बेग्लै मज्जा छ।

गणतन्त्र आएको चौध बर्ष बितिसक्दा तिम्रा सपना अझै अधुरा छन । तिम्रो बलिदानको गाथा माथि पटक पटक आ’क्रमण भए पनि इतिहाँस ज्यूँदो छ यो गणतन्त्र तिमी प्रति ऋणी छ । हजारौ शहीदहरुको प्रसव वेदनाबाट जन्मिएको गणतन्त्रले आकाशबाट बर्षिएका बमसँग संघर्ष गर्दै अंङ्ग भंङ्ग भएर जंगलमा ब्लिडिङ्ग रोक्न नसकी एक्लै छट्पटाएको तिम्रो पी’डा कहिले बुझ्ला ? तिमीले चुमेको बलिदानको त्यो शिखरको उचाई कहिले महशुस गर्ला ?

दुनियाँले जेसुकै भनुन मलाई कुनै प्रवाह छैन । मनै देखि मन पराएकी सुन्दरी तिमीलाई हरेक बर्ष भइरहेका सुन्दरी प्रतियोगितामा तुलना गर्छु। म भित्रको जज तिम्रो सुन्दरता अघि पानी पानी हुन्छ । सदाबहार सुन्दरी तिमी यो युगमा फूलेकी उत्कृष्ट फूल हौ । तिम्रो सुगन्ध युगौं सम्म आईरहनेछ ।
हार्दिक श्रद्धासुमन शिला
लभ यु सो मच फर एभर।राजन राउत

त्यसैगरी : भरतपुर महानगरपालिका-१५ मा यतिखेर देशकै महत्वपूर्ण मध्येको एक परियोजना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम चलिरहेको छ।डेढ सय बढी कामदारले रंगशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन्। ती कामको अनुगमनमा निरन्तर खटिरहेका भेटिन्छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’।

रंगशालाको प्रवेशद्वारमै बनेको नमूना रंगशालामा त केही महिनाअघि राष्ट्रिय टिमका अधिकांश खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता नै सम्पन्न गरिएको थियो।

झट्ट हेर्दा बन्दै गरेको रंगशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि आकार लिइसकेको देखिन्छ। यही गतिमा काम अघि बढ्दा अबको एक वर्षमा रंगशाला तयार भइसक्ने दाबी धुर्मुस-सुन्तलीको छ।

उनीहरूलाई बढ्दो आर्थिक समस्याले रंगशाला निर्माणमा समस्या आउने हो कि भन्ने चिन्ताले सताएको छ।
पुस मसान्तसम्ममा रंगशालाले ३८ करोड ५४ लाख ९७ हजार १५५ रुपैयाँ खर्च गरिसकेको छ। तर अहिलेसम्मको आम्दानी भने करिब ३१ करोड रुपैयाँमात्रै छ। पछिल्ला दिनको पनि हिसाब गर्दा रंगशालाको आम्दानीभन्दा ८ करोड रुपैयाँ बढी खर्च भएको देखिन्छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा रंगशाला निर्माणका लागि ३ अर्ब ५५ करोड रुपैयाँ लाग्ने उल्लेख छ।
‘रंगशाला निर्माणको गति नघटोस् भनेर हामीले महिनौंदेखि उधारोमा सामान ल्याएर काम अघि बढाइरहेका छौं,’ धुर्मुसले भने, ‘सहयोगको क्रम अपेक्षाकृत रूपमा बढ्न सकेन, उधारो बढेको बढ्यै छ।’

त्यसो त रंगशालाका लागि बोलकबोल भएर पनि उठ्न नसकेको रकम हालसम्मको कुल खर्च रकमभन्दा करिब दोब्बरले बढी छ।

‘रंगशाला निर्माणका लागि सहयोग घोषणा गर्नेलाई हरेक दिनजसो फोन गरेर सम्झाउने गरेको छौं,’ फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिना भन्छन्, ‘तर उहाँहरू आफ्ना समस्या सुनाउनुहुन्छ, केही समय पर्खनु भन्नुहुन्छ। त्यसो भनेको पनि वर्ष बित्न लागिसक्यो।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गत वर्षको माघ १९ देखि २६ गतेसम्म धनधान्याचल महोत्सव आयोजना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here