‘दुःखीलाई नै दिन अनि ऋण लाग्दो रहेछ आमा’ बाकसको छोराले आमालाई लेखेको मन छुने चि’ठी

0
13503

बाहिर हुँदा समय मिलेन । बाकस भित्रबाटै लेखेँ आमा चिठी, समय आउनु अगावै नै भोगेँ आमा मैले बेथिति । परदेश मै बस्यो आत्मा मेरो आमा, हावालाई नै सास सम्झनु सास र सम्पतिको त के कुरा गर्नु आमा, बाकसभित्र लास सडेको मैनौँ भइसक्यो । सपनाको ठूलै पोको फुकाउन परदेश पुगेँ आमा, घर फर्कंदा बाकस भित्रको प्याकिङमा परेँ आमा ।

दुःखीलाई नै दिन अनि ऋण लाग्दो रहेछ आमा, शरीर टुक्रिएर सपना पग्लदा भगवान पनि भग्दो रहेछ आमा । चाहना थियो मेरो आमा तिमीलाई हँसाउने, तर त्यो हाँसो बाध्यात्मक आज आँशुमा परिणत भयो आमा । मलाई नसराप्नु है !

ओछ्यानमा पल्टिएर छोराको प्रतिक्षा गरिरहेको त्यो दी’र्घ रोगी बालाई पनि भन्दिनु है आमा छोरा आउँदै छरे, तर पिलेनबाट झरेपछि हिँड्न सक्दैन बोक्नु पर्छ अरे । अनि छोराले बा लाई बोलाउने छैन आफैँ सोध्नु पर्छ अरे भनि खबर छोडिदिनु है । परदेशको सहिद छोरा..

यो पनि , स्वस्थानी व्रतकथाबारे केही रोचक तथ्यहरु

काठमाडौं । नेपालको मध्यपहाडी क्षेत्रमा स्वस्थानी व्रतकथा निकै प्रचलित रहेको देखिन्छ । हरेक दिन एक–एक अध्याय घर–घरमा वाचन गरिँदै आएको पाइन्छ । विशेषगरी विवाहित महिलाहरुले पतिको दिर्घायूको कामना र अविवाहित महिलाले सुयोग्य बरको कामना गर्दै श्री स्वस्थानीको व्रत बस्ने गरेको पाइन्छ । काठमाडौंको शालीनदीमा बसेर व्रत लिनेहरू पनि प्रसस्तै छन् ।

नेपाली महिलाबीच प्रचलित स्वस्थानीका कतिपय प्रसङ्गबारे पछिल्ला वर्षहरूमा आलोचना पनि हुने गरेको छ । स्वस्थानीको कथाले महिलाहरूलाई ‘दोस्रो दर्जा’को मानिसका रूपमा देखाएको आलोचकहरूको कथन रहने गरेको छ । तर अहिले नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको स्वस्थानीको कथा काठमाडौं उपत्यकामा लेखिएको र उपत्यका केन्द्रित कथा रहेको इतिहास तथा संस्कृतिविद्हरूले बताउने गरेका छन् ।

काठमाण्डू केन्द्रित कथा : कतिपय अनुसन्धानकर्ताहरूले स्वस्थानीको कथालाई काठमाडौंको कथा भन्ने गरेको पनि सुनिन्छ । तर यो काठमाडौंकै भने होइन काठमाण्डू केन्द्रित कथा भने हो । शुरुमा यो कथा संस्कृतमा लेखिएको फेला परेको छ । संस्कृतमा लेखिएको केही वर्षपछि त्यसलाई नेपाल भाषा (नेवारी)मा उल्था गरिएको पाइन्छ । त्यसको धेरै पछि मात्र त्यसलाई नेपालीमा उल्था गरिएको हो । संस्कृत भाषामा नेपाल संवत ६९३ अर्थात् विक्रम संवत १६३० मा स्वस्थानीको व्रतकथा लेखिएको भेटिएको छ । त्यसलाई नेपाल संवत ७ सय २३ अर्थात् विक्रम संवत १६६० मा नेपाल भाषामा उल्था गरिएको भेटिन्छ ।

शुरुको कथा : शुरुमा संस्कृतमा लेखिएको स्वस्थानीमा व्रतकथामा त्यसलाई लिङ्ग पुराणको कथा भनिएको छ । त्यसपछि कसैले शिव पुराण त कसैले स्कन्ध पुराण भनेर लेखेको देखिन्छ । तर शुरुमा अहिलेको जस्तो ३२ अध्यायको स्वस्थानी व्रतकथा थिएन । त्यसबेला दुईरचार दिनमा पढेर सकिने खालको कथा मात्र थियो । त्यो पनि अहिलेको जस्तो सबै कथा थिएन । गोमा ब्राह्मणी र उनका छोरा नवराजको कथा मात्र थियो । अनि पूजाविधि सिकाइएको थियो ।

बिस्तारै त्यसमा अन्य कथाहरू जोडिन थाले । सृष्टि र संहारका कथा जोडिए। शक्तिपीठका कथा पनि जोडिए । शैव र वैष्णव मिश्रण : स्वस्थानी भनेको शैव र वैष्णव कथाहरूको मिश्रण हो। यसमा विभिन्न पुराणका कथाका सारांशहरू जोडिएका छन् । शिव र विष्णुका कथाहरू जोडेर एउटा मौलिक खालको कथा जस्तो बनाइएको छ। त्यसबेला विभिन्न स्थानमा आफ्नै पुरणाहरू लेख्ने चलन चलेको जस्तो देखिन्छ । त्यसै अनुसार यो पनि काठमाडौं केन्द्रित स्थान पुराण जस्तो बन्यो । शुरुमा अन्य पुराणको भनेर पनि लेखिए पनि स्कन्ध पुराण चाहिँ धेरै चल्तिमा आएको छ । कुमार र अगस्त्यको संवाद चाहिँ स्कन्ध पुराणबाट लिइएको देखिन्छ।

देशभर कसरी फैलियो ? पहिले मानिसहरूले पढ्नलेख्न जान्दैन थिए। त्यस्तो बेलामा यस्ता कथाहरू सुन्ने भनेकै पुराण लगाएका बेला हुन्थ्यो । तर आजभन्दा डेढ दुई सय वर्ष अघि नेपाली भाषामा स्वस्थानी लेखियो। त्यो स्वस्थानी घरघरमा पुग्यो । त्यसलाई पढ्नका लागि पण्डित नै नचाहिने भयो ।

स्वस्थानी माधवनारायणको व्रत : कथामा अन्य धार्मिक कथाहरूमा जस्तो अन्यत्र भन्दा पनि नेपाल भित्रकै कुराहरू वर्णन गरिएकाले पनि धेरैलाई यसले आकर्षित गर्यो । यो नेपाली जीवनको एउटा स्वतन्त्र कथा जस्तो बन्यो । त्यसले गर्दा यो धेरै लोकप्रिय भयो। मध्यकालमा वसन्तपुर नजिकै एउटा स्वस्थानीको मूर्ति भने स्थापना भएको देखिन्छ । बीबीसीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here