खेल्ने रमाउने कलिलो उमेरका यी १० वर्षीय बालकलाई यो के आ’इला’ग्यो यस्तो ?

0
96

रतका एक १० वर्षीय बालक एक दुर्लभ स्वास्थ्य समस्यासँग जुध्दैछन्। हरेक महिना नयाँ छाला पलाउने समस्याका कारण उनी एक ‘मानव साँ’प’ जस्तै भएका छन्। जगन्नाथ भनेर चिनिने यी बालक दुर्लभ आ’नुवं’शिक छालाको समस्याबाट ग्रसित छन्। बताइएअनुसार, जगन्नाथलाई लेमेलर इचिथियोसिस नामक स्वास्थ्य समस्या छ।

लेमेलर इचिथियोसिसले छालाको विकास छिटो हुने, छाला सुख्खा हुने, छाला झर्ने र नयाँ छाला पलाउने हुन्छ। यस समस्याले जगन्नाथ’ले एक स’र्प जस्तै भएका छन्।

यो पनि पढ्नुहोस्

नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन् । एकीकरण अभियानका अध्यक्षसमेत रहेका गौतमले पार्टी पुन: एकीकरणको योजना दुई चरणमा गरिने पनि बताएका छन् ।

पहिलो चरण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रम सर्वोच्चको फैसला आएपछि सुरु हुने पार्टी एकीकरणसम्बन्धीको गौतमले तयार पारेको अवधारणापत्रमा उल्लेख छ । दुवै चरणमा पार्टी एकीकरणका विभिन्न विकल्पहरुमा छलफल हुने पनि बताइएको छ ।

प्रतिनिधिसभा पुन:स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने पनि अवधारणापत्रमा उल्लेख छ । त्यस्तै दुई समूह एक नभई विभाजन भएमा दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ ।

उपाध्यक्ष गौतमले व्यवहारिक र राजनीतिक रुपमा नेकपा फुटिसकेको भए पनि कानुनी रुपमा अझै पार्टी नफुटेको पनि बताएका छन् । प्रतिनिधिसभा पुन:स्थापनापछि पनि पार्टी एकीकरण नभए निर्वाचन अवधि र त्यसपछि पनि निरन्तर प्रयास गरिने पनि अवधारणापत्रमा उल्लेख छ ।

पार्टीको एकता राष्ट्रिय अभियानमा केन्द्रमा एक अधिकारसम्पन्न केन्द्रीय समन्वय समिति रहने बताइएको छ । केन्द्रमा अधिकतम ६ सय ५१ सदस्य रहने व्यवस्था गरिएको र केन्द्रीय समन्वय समितिमा धेरैमा १ सय ५१ सदस्यीय कार्यसम्पादन समिति गठन गरिने पनि अवधारणापत्रमा उल्लेख छ ।

त्यस्तै प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति गठन गर्ने र त्यसमा प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्य रहने एकता अभियानको अवधारणापत्रमा उल्लेख छ । पार्टी एकताका लागि प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समिति र आवश्यक संख्याको सचिवालय बनाइने पनि अवधारणापत्रमा उल्लेख छ ।

यसअघि गौतमले जुन समूहले अध्यक्ष दिन्छन् त्यही समूहमा आफू जाने भनेको कुरा राससमा प्रकाशित भएको थियो । राससमा प्रकाशित उक्त समाचार इकान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित भएको थियो । तर गौतमले पछि उक्त समाचार सत्य नभएको उल्लेख गर्दै खण्डन गरेका छन् ।

गौतमको एकता अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, विघटित प्रतिनिधिसभा सदस्य माया ज्ञवाली, तुलसा थापा, कीर्तिपुरका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का, वाग्मती प्रदेश सांसद विनोद खड्कालगायत सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here