इजरायल रोजगारमा जान के-के चाहिन्छ योग्यता ? कहाँ दिने आवेदन ? (भिडियो सहित)

0
116

माघ ८, काठमाडौँ | ईजरायलमा केयर गिभरका रुपमा काम गर्नेगरी ५ सय नेपाली पठाउने गरी नेपाल र ईजारायलबीच प्रोटोकलमा हस्ताक्षर भएको छ । विहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल तथा नेपालका लागि ईजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका हुन् । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि सो ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको होvideo herna tala click garnuhos

वैदेशिक रोजगार बिभागका महानिर्देशक दहालका अनुसार हाल ५ सय नेपालीले ईजरायलमा केयर गिभरको रुपमा रोजगारी प्राप्त गर्नेछन् । अबको ४ महिना भीत्रै कामदार पठाइने महानिर्देशक दहालले साझा सबाल मिडियालाई जानकारी दिए । दहालको अनुसार ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला कामदार केयर गिभरको रुपमा इजरायल जान पाउनेछन् ।

बिभागमा महानिर्देशक दहालका अनुसार इजरायल रोजगारीमा नेपाल सरकारको संलग्नतामा श्रमिक पठाइनेछ । यसमा कुनै पनि नीजि क्षेत्रलाई समावेश गरिएको छैन । यसअगाडी ईजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभर लगायतमा खुल्ला भएपनि नीजि क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण ईजरायलले नेपाली श्रमिक लिन रोकेको थियो ।video herna tala click garnuhos

यसै बिषयमा साझा सबाल मिडियाले महानिर्देशकसँगको कुराकानीको आधारमा भिडियो अन्तर्वार्ता समेत लिएको छ, यस सम्बन्धमा पुरा जानकारी भिडियोमा तल हेर्नुहोस् ।यस बिषयमा तपाइको प्रतिक्रिया…!video herna tala click garnuhos

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here