छोरीको नाममा बाबुले लेखेको एउटा मुटु हल्लाउँने अन्तिम पत्र एकपटक अवस्य पढ्नुहोस् !!

0
141

एउटा घरमा बाबा र ११ बर्षिय छोरी बस्ने गर्थे । एक दिन त्यो ११ बर्षिय छोरीले बाबालाई सोध्छे… छोरी : बाबा हजुर मलाई मेरो १५ औं जन्मदिनमा के उपहार दिनुहुन्छ ?

बाबाः त्यो आउन धेरै समय बाँकी छ छोरी ।त्यो छोरी १४ वर्षको उमेरमा हिड्दै गर्दा एक दिन अचानक बिरामी हुन्छे । बेहोस भएर ढलेकी छोरीलाई उसका बाबुले अस्पताल लिएर जान्छ ।

विभिन्न चेक जाँच पछि अस्पतालका डाक्टरहरुले बाबुलाई छोरीका रोगका बारेमा बताई दिन्छ । डाक्टरले भन्छन्, ‘तपाईंको छोरीको मुटु खराब छ र जुन्सुकै बेला पनि उस्को मृत्यु हुन सक्छ ।’

अस्पतालको बिस्तारामा सुतिरहेकी छोरीले बाबुको मलिन अनुहार देखेर सोध्छ, ‘बाबा डाक्टरले हजुरलाई म मर्दैछु भनेको हा ?’ बाबुले मुसुक्क मुस्कुराउँदै भन्छ, ‘होईन छोरी तिमिलाई केही पनि हुँदैन, म मेरो बेटालाई कहाँ अहिल्यै मर्न दिन्छु र ?

छोरीले फेरी सोध्छे, ‘तपाईं कसरी भन्न सक्नुहुन्छ, म मर्दिन भनेर ?’ त्यो बाबुले छोरकिो निधारमा मायालु चुम्बन गर्दै मलाई थाहा छ छोरी भन्छ र गहभरी आँसु लिएर त्यहाँबाट बाहिर निस्कन्छ ।

जब उ १५ वर्षकी हुन्छे पुरै सन्चो भएर घर फर्किन्छे । उसले घर आउँना साथ एउटा चिट्ठी पाउँछे । जुन उसकी आन्टीले उसलाई दिन्छिन । त्यो चिट्ठी उसलाई सम्बोधन गरेर उसका बाबुले लेखेको हुन्छ । जहाँ लेखिएको हुन्छ…..

मेरी प्रिय छोरी…यदि तिमी यो पत्र पढ्दै छौ भने बुझ्नु सबै राम्रो भएको छ । जुन मैले तिमीलाई भनेको थिएँ । तिमीलाई याद छ बेटा…एकदिन तिमी मलाई सोधेकी थियौ की “बाबा मेरो १५ औं जन्मदिनमा हजुर मलाई के उपहार दिनुहुन्छ’ भनेर ।

मलाई त्यो बेला थाहा थिएन तर अहिले को उपहार तिमीलाई मेरो ‘मुटु’ हो । तिमीलाई जन्म दिँदा तिम्रो मामुले हामीलाई छाडेर गएकी थीइन । त्यो त मैले सहेको थिएँ तर तिमी त मेरो मुटु थियौ, मेरो प्राण !

त्यसैले कुनै पनि हालतमा तिमीलाई गुमाउन चाहन्नथेँ । यो पत्र पढेर कहिल्यै दुःखी नहुनु । मेरो मुटुको सधैं राम्रो ख्याल राख्नु है छोरी…..!!!

यो पनि पढ्नुहोस् :काष्ठमण्डप पुनःनिर्माणकाे ८५ प्रतिशत काम सम्पन्न !!!:काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आउँदाे वैशाखसम्ममा सकिने जनाइएको छ ।

निर्माणअन्तर्गत अहिले अन्य काम सकेर छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताउनुभयो । आउँदाे वैशाखसम्ममा निर्माण सक्ने लक्ष्यअनुरूप काम भइरहेको उहाँले बताउनुभयो ।

निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट ल्याइने तयारी भएको हो । अपुग भएको काठ आउँदाे एक महिनाभित्रै ल्याउने तयारी भएको छ । छानाका लागि आठ हजार घनफिट काठ आवश्यक पर्ने भए पनि अहिले थप दुई हजार घनफिट मात्रै ल्याउन लागिएको हो ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिएर एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिन्छ । काठमाण्डौको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि तीन वर्षको समय निर्धारण गरिएको छ । यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाण्डौ महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ । यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका क्रममा आवश्यक पर्ने काठ केही यसअघिकै प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसनसँग लिखित सम्झौता गरी ल्याइएको छ । यसअघि पनि आवश्यक पर्ने थप आठ हजार घनफिट काठ धनगढीबाट ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here