जाँदा आकाशमा फर्किंदा बाकशमा, मलेसियाबाट १८ नेपालीको श’व ल्या’इँदा विमानस्थलमा देखियो हृ’दयविदारक दृश्य (भिडियो सहित )

0
272

काठमाडौँ । कामकोे सिलसिलामा मलेसिया पुगेका १८ जना नेपालीको शव शनिबार एकैपटक नेपाल आइपुगेको छ ।विभिन्न मितिमा मलेसिया पुगेका ती नेपालीको अकालमा मृत्यु भएपछि नेपाल एयरलाइन्सले उक्त शव नेपाल ल्याएको हो । सुन्दर सपना बोकेर कामको खोजीमा मलेसिया पुगेका ती नेपालीको मृत्यु भएपछि मलेसियास्थित नेपाली दूतावासले समन्वय गरेर शव नेपाल पठाएको थियो ।

शव लिन त्रिभुवन विमानस्थल पुगेका आफन्तहरुको रुवाबासीले त्यहाँको वातावरण नै स्तब्ध बनाएको थियो । कतिपय आफन्त कफिनमा टाँसेको नाम देख्नासाथ भक्कानो छोडेर रोएका थिए । उनीहरुको रोदनले त्यहाँ उपस्थित भएका सबैलाई भावविह्वल बनाइदिएको थियो ।

त्यहाँ उपस्थित भएका अफन्तहरुको विलापको कारण वातावरण असहज बन्दै गएपछि सुरक्षा निकायले शव छिटोछिटो पठाउने व्यवस्था गरेको थियो । नेपाल एयर लाइन्सले ती शव मलेसियाबाट काठमाडौं सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क ल्याएको थियो । नेपाल एयर लाइन्सले वाइडबढी जहाज नै मलेसिया पठाएको थियो ।

सरकारले मुलुकमा रोजगारी सिर्जना गरिदिएको भए हाम्रा आस्थाका धरोहर ढल्ने थिएन भन्दै आफन्तको रुवाबासी चलेको थियो । १८ वटा शव बोकेको शव वाहन एकैपटक विमानस्थलबाट बाहिरिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर बाहिर जान लागेका यात्रीको आँखासमेत आँसुले भरिएको थियो ।एजेन्सी । संसारमा अनेकथरी मानिस हुन्छन् । उनीहरुका अनौठा शौखले कहिले भने अप्ठेरोमा पार्छ । त्यस्तै एक ब्यक्तिको अनौठो बानीले अप्ठेरोमा पारेको छ । उनको त्योब बानीले हेर्नेहरुलाई त रमाइलो लाग्यो तर प्रहरी खोरमा जानु परेको छ ।।

दक्षिण भियतनाममा बस्ने एक ब्यक्तिको अनौठो बानीले प्रहरी खोरमा जानु परेको छ । त्यहाँका एक व्यक्ति बाइक चलाउँदै बीच सडकमै नुहाउन थालेको दृष्य अरुका लागि रमाइलो थियो । आफुले बाइक चलाउने र साथीलाई पछाडीवाट पानी हाल्न लगाएका थिए । आफ्नो साथीसँग बाइकमा बसेर बिच सडकमै नुहाउँन थालेका ति ब्यक्ति अहिले प्रहरी खोरमा पुगेका छन् । सोसल मिडियामा यो भिडियो जब भाइरल हुन थाले पछि प्रहरीले थाहा पायो ।

भिडियो भाइरल भएपछि बाइकमा बसेर बिच सडकमा नुहाउँन खोजेका ति व्यक्तिलाई खोजर प्रहरीले कार्बाही गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति व्यक्ति बाइकमा बसेर आरामले यात्रा गर्दै नुहाइरहेका थिए ।

उनले बाइकको सिटकोबीचमा पानीको बाल्टी राखेका थिए भने त्यसको पछाडी एक जना साथीलाई राखेका थिए । त्यसपछि उनी साथीलाई बाइक चलाउँन लगाएर बीच सडकमै नुहाउँन थाले ।

साथै बाइक चलाउँनेले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिए । मानिसहले सामाजिक सञ्जालमा अहिले उनको पागलपन देखेर गाली गरिरहेका छन् ।

भिडियोले सामाजिक सञ्जाल तताएपछि प्रहरीले भिडियोको माध्यामबाट बाइकको नम्बर पत्ता लगाएर युवकलाई कार्बाही गरेको छ । उनलाई लापर्वाही गरेको भन्दै प्रहरीले ८० डलरको जरिबाना गरेको हो । साथै चालकले हेलमेट नगलगाएको भन्दै चालकलाई पनि प्रहरीले कार्बाही गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here