म पनि अपाङगता भएको व्यक्ति हुँ, विश्व रेकर्ड हेर्ने हो भने २ वटा किड्नी फेर्ने पहिलो प्रधानमन्त्री मै हुँ’

0
97

काठमाडौं ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँग देश विरोधीहरु भागी भागी हिडेको आरोप लगाएका छन् ।

आज आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा सहभागी भएका ओलीले जो संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दे हिड्छ उनीहरु देश विरोधी भएको बताएका हु्न ।

अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा ओलीले आफु पनि एक अपाङगता भएको व्यक्ति भन्दै भने, ‘म पनि किड्नी फेल भएर अर्को ल्याएको छु ।

फेरि त्यो किड्नी फेल भयो, नयाँ किड्नीको वैशाखी टेकेर हिँडेको छु । चस्मा लगाइनँ भने पढ्न सक्दिनँ, यो पनि एक किसिमको अपाङ्गता हो,’ ओलीले भने, ‘अर्को किड्नी लगाएर पनि बाँच्न सकिन्छ काम गर्न सकिन्छ भन्ने विश्वास हो ।

सायद विश्व रेकर्ड होला, २ वटा किड्नी फेरेको प्रधानमन्त्री भएको छु । लाठी लिएर हिँडेको छैन, किड्नी फरेपछि देश बिगार्न खोज्ने तत्वहरू भागीभागी हिँडिरहेका छन्, अपाङ्गता अलिकति कम–वेशी हो । अपाङ्ग होइनौ भन्ने ठूला–ठूला व्यक्तिहरू ठूलो अपाङ्ग हुन् ।’

सम्बोधनमा ओलीले भने,’प्रतिनिधिसभा विघटन भयो भनेर कराउने ती मान्छे संविधान, लोकतन्त्र, जनविरोधी मान्छेहरू हुन् । देशमा अस्तव्यस्तता खडा गर्ने, स्थायित्व र स्थिरता हुन नदिने, बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको कुरा गर्ने ?

सांसदहरूले ५ वर्ष नै जागिर खानुपर्ने, यो स्थायी जागिर हो ?’ ‘अरुको लागि अरुको इशारामा काम गर्ने भएपछि, स्थिरता भत्काएर अस्थिरता निम्ताएपछि ताजा जनादेशमा जानुको विकल्प थिए ?’

ओली भने मैलै आफ्नो हातमा लिएको भए पो तानशाह जनताको बिचमा जान्छु भन्दा तानशाह भए किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here