जाँदा आकाशमा फर्किंदा बाकशमा, मलेसियाबाट १८ नेपालीको श’व ल्याइँदा विमानस्थलमा देखियो हृ’दयविदारक दृश्य – भिडियो हेर्नुस्

0
177

काठमाडौँ । कामकोे सिलसिलामा मलेसिया पुगेका १८ जना नेपालीको शव शनिबार एकैपटक नेपाल आइपुगेको छ । विभिन्न मितिमा मलेसिया पुगेका ती नेपालीको अकालमा मृत्यु भएपछि नेपाल एयरलाइन्सले उक्त शव नेपाल ल्याएको हो । सुन्दर सपना बोकेर कामको खोजीमा मलेसिया पुगेका ती नेपालीको मृत्यु भएपछि मलेसियास्थित नेपाली दूतावासले समन्वय गरेर शव नेपाल पठाएको थियो ।

लिन त्रिभुवन विमानस्थल पुगेका आफन्तहरुको रुवाबासीले त्यहाँको वातावरण नै स्तब्ध बनाएको थियो । कतिपय आफन्त कफिनमा टाँसेको नाम देख्नासाथ भक्कानो छोडेर रोएका थिए । उनीहरुको रोदनले त्यहाँ उपस्थित भएका सबैलाई भावविह्वल बनाइदिएको थियो ।

त्यहाँ उपस्थित भएका अफन्तहरुको विलापको कारण वातावरण असहज बन्दै गएपछि सुरक्षा निकायले शव छिटोछिटो पठाउने व्यवस्था गरेको थियो । नेपाल एयर लाइन्सले ती शव मलेसियाबाट काठमाडौं सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क ल्याएको थियो । नेपाल एयर लाइन्सले वाइडबढी जहाज नै मलेसिया पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here