४९ वर्षमा बेहुलो बन्दा यस्ता देखिए मुख्यमन्त्री राई

0
115

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन् ।सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आज काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् । यो नक्सालस्थित प्रहरी मुख्यालय पछाडि पर्छ ।मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु ईन शेर्पासँग लगनगाँठो कसेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ति लगिएको छ ।दुलहा–दुलही बस्ने ठाउँदेखि पाहुना रहने ठाउँहरु चिरिच्याट्ट बनाइएको छ ।भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here