ज्वाइँले लगाए ससुराली घरमा आगो

0
111

आपसी विवाद हुँदा शनिबार बिहान बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिएका छन्।जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ परासी टोलमा ससुराली आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका ३३ वर्षीय धीरेन्द्र पटेलले आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।परासी टोल निवासी कृष्णदेवी कुर्मीको फुसको घरमा उनका बहिनी ज्वाइँ पर्ने पटेलले आपसी विवाद हुँदा पेट्रोल छर्केर आगो लगाइदिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। रक्सी सेवन गरेर ससुराली गएका पटेलले परिवार भित्रै विवाद हुँदा रिसको झोकमा आएर आगो लगाएको मिश्रले बताए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here