धरानका यी युवकले १४ बर्षे बालिकामाथि अनैतिक कार्य गरे, पोल खुल्ने डरले भारतमा बेच्न लगे

0
65

धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय आशिष सुनारले एक १४ बर्षिया बालिकामाथि अनैतिक काम गरेका छन् । उनले त्यसपछि ती बालिकालाई भारत बेच्न समेत लिएर गएका छन् । तर उनको प्रयास भने सफल भएन ।

अनैतिक काम गरेपछि विभिन्न प्रलोभन देखाएर भारत बेच्न लगिएकी ती बालिकाको अहिले भने उद्धार भएको छ । ती बालिका तेह्रथुम घर भई धरानस्थित दिदीको घरमा बस्दै आएकी थिइन् ।

बालिकालाई नेपाल प्रहरी र साना हातहरू नेपाल नामक संस्थाले उद्धार गरेको हो । उनको उद्धार भएपछि सुनारले गरेको कर्तुत बाहिर आएको थियो ।

अहिले आशिष सुनारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख निरिक्षक दीपक थापाले जानकारी दिएका छन् ।

धरानस्थित दिदीको घरमा बस्ने क्रममा सुनारसँग ती बालिकाको चिनजान भएको थियो । ‘पहाडकी सोझी बालिकालाई फ का ई सुनवारले एक महिनाअगाडि घुमाउन भन्दै भेडेटार जाने सडकको भ्युप्वाइण्ट होटलमा लिएर गएका थिए ।

त्यसबेला अनैतिक काम गरेको र पोल खुल्ने डरले बेच्न भारततर्फ लगेको प्रहरीले पत्ता लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here