हुम्लामा अर्काकी श्रीमती लगेको सट्टा ११ लाख जारी तिरे, पैसाको भर्पाई माग्न जाँदा धुलाई भेटे, पूर्व पतिले गर्भवती महिलालाई घाइते बनाए

0
253

काठमाडौ । हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफयामा दुई पक्षबीच ल फ डा हुँदा गर्भवती महिला घाइते भएकी छन् । दोस्रो विवाह गरेकी ती महिलाका पूर्वश्रीमानले उनीमाथि हात पात गरेका हुन् ।

पूर्व श्रीमान् धनराज शाहीले महिलामाथि हात पात गरेका हुन् । धनराजलाई छाडेर उमेशसँग विवाह गरेर केही समय अगाडि मिलापत्र गरेको भए पनि शनिबार पुनः दुई पक्षबीच ल फ डा भएको हो ।

११ लाख रुपैयाँ तिरेर मिलापत्र भएको भए पनि दोस्रो श्रीमान् उमेशले आफूले पैसा तिरेको भर्पाइसहितको कागजात माग्न खोज्दा पहिलाका श्रीमान् धनराजले गर्भवती महिलालाई हात पात गर्दा निधार र कानमा चो ट लागेको छ ।

पैसा लिएको भर्पाइ माग्दा पहिलाका श्रीमान् पक्षकाले मिलेर हात पात गरेको बताइएको छ ।

ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेको र अहिले बोल्न नसक्ने भएका कारण उचारका लागि सिमकोट ल्याइएको छ। कानमा लगाएको सुनको एक कानको रिङसमेत हराएको बताइएको छ । फाइल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here