देउवालाई दुइटै हातमा लड्डु ! नेकपाको दुई समुहले देउवालाई यति ठूलो प्रस्ताव राखेको खुलासा

0
110

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक विवाद नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाका लागि फाइदा सावित भएको छ । आन्तरिक किचलोका कारण विभाजित भएका नेकपाका दुवै समुहका अध्यक्षले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको खुलासा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि नै आफुलाई साथ दिए निर्वाचन पछि प्रधानमन्त्री बनाउनृ प्रस्ताव गरेका थिए भने तत्कालै प्रचण्ड नेपाल समुहले पनि उनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा भएको छ ।

उनलाई संसद पुनस्र्थापनाको आन्दोलनमा साथ दिए पुनस्र्थापना पछि बन्ने सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका हुन् । यद्धपी देउवाले प्रचण्ड नेपालको सो प्रस्ताव अस्विकार गरेको बुझिएको छ । नेकपाका दुवै समुहले देउवालाई आफ्नो अभियानमा सघाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा भित्र देखिएको विवादका कारण आगामी निर्वाचनमा कांग्रेस नै पहिलो पार्टी बन्ने र त्यसो नहुँदाको अवस्थामा समेत देउवालाई नै प्रधानमन्त्री बनाउने आश्वासन दिएका हुन् । निर्वाचन पछि तपाई नै प्रधानमन्त्री हो भनेर ओलीले देउवालाई आश्वस्त पारेको कांग्रेस निकट नेताले बताएका छन् ।

सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरे केन्द्र सरकारमा तत्कालै कांग्रेसलाई समेट्ने आश्वासन दिएका छन् । ओलीले केन्द्र देखि तल्लो तहसम्म समिकरणमा सहकार्य गर्ने प्रस्ताव राखेका छन् ।

यस्तै प्रचण्ड(माधव समुहले पनि संसद पुनर्स्थापनाको मुद्दामा आफ्नो समुहलाई सघाउन र पुनर्स्थापना भएपछिको अवस्थामा केन्द्रदेखि प्रदेशसम्मको सरकारमा साझेदारीको प्रस्ताव गरेका छन् । उनीहरु बुधबार राती देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here