अमेरिकावाट १३ हजार किलोमिटर पार गरेर अष्ट्रेलिया पुगेको यो परेवालाई मा’र्ने निर्णय

0
140

एजेन्सी । अष्ट्रेलियामा अहिले एउटा परेवाले त्यहाँको मिडिया र चरा विज्ञहरुको ध्यान खिचेको छ । एउटा परेवा अमेरिकाबाट १३ हजार किलोमिटर समुन्द्री यात्रा पार गरेर अष्ट्रेलिया पुगेको छ । सो चरालाई अहिले अष्ट्रेलियामा मा’र्ने योजना बनाइएको छ ।

प्रशान्त महासागर पार गर्दै अमेरिकावाट अष्ट्रेलिया पुगेको रेसिङ परेवाबाट अष्ट्रेलियाका अन्य पंक्षि र कुखुरा ब्यवसायलाई खतरा हुनसक्ने भन्दै यस्तो निर्णय गरिएको अष्ट्रेलियाका अधिकारीले बताएको अन्तराष्ट्रिय मिडियामा उल्लेख गरिएको छ ।

अन्तराष्ट्रिय मिडिया एपीका अनुसार मेलवर्नका स्थानीय केभिन सेली बर्डले आफ्नो घरपछाडि गत डिसेम्बर २६ मा थकित अवस्थामा उक्त परेवा फेला पारेका थिए। जुन अमेरिकाको ओरेगन राज्यमा भएको परेवा दौड कार्यक्रमबाट गत अक्टोबर २९ मा हराएको थियो। अमेरिकामा भएको निर्वाचन पछि राष्ट्रपतिमा निर्वाचित जो वाइडेनको नामवाट सो चराको नाम जो राखिएको छ ।

अष्ट्रेलियन अधिकारीहरुले सो चरा कार्गो सिपबाट प्रशान्त महासागर पार गरी आएको हुनसक्ने र उसले अष्ट्रेलियका अन्य चराहरुमा रोग सार्न सक्ने अनुमान गरेका छन् । सो चरालााई अहिले सम्म समात्न सकिएको छैन ।

सेली बर्डलाई क्वारेन्टिनका अधिकारीहरूले बिहीबार फोन गरी परेवालाई समात्न भनेका थिए। अधिकारीले परेवा समात्ने व्यावसायिक मान्छेलाई लगाउने विचार गरिरहेका छन्।

कृषि विभागले पनि त्यो परेवालाई अष्ट्रेलियामा रहन अनुमति नभएको बताए पछि अधिकारीहरुले चरा मा’र्ने निर्णय गरेका हुन् ।

‘यसले अष्ट्रेलियाको खाना सुरक्षा र जंगली परेवाको संख्यालाई असर पार्न सक्छ। यसले सिधा अष्ट्रेलियाका चराहरूको जैविक सुरक्षामा र कुखुरापालन उद्योगमा जोखिम पुर्‍याउँछ,’ विभागको विज्ञप्तिमा भनिएको छ।

अक्लाहोमाको अमेरिकन रेसिङ पिजन युनियनले उक्त परेवा अलाबामा मोन्टगोमरीस्थित मालिकका नाममा रहेको पुष्टि गरेको सेल्ली बर्डले बताए। उनले परेवाका मालिकलाई पनि सम्पर्क गर्न खोजेका थिए। तर सम्पर्कमा आउन सकेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here