कञ्चनपुरमा भारतीय एसएसबीको दादागिरी, नेपाली बाटो प्रयोग गर्नमा रोक

0
161

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका १० सडक घाटमा रहेको ३४ र ३५ नम्बर पिल्लर रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबिले नेपालीहरुलाई आवतजावतमा रोक लगाएको छ । आफनो पुर्खाै देखीको जमिनमा सयौ परिवारले लगाएको उखु तथा तोरी काटन र लैजानको लागि उक्त क्षेत्रमा जान रोक लगाएको स्थानीय चक्र कठायतले मानसखण्डलाई बताए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

विगतका दिनमा प्रयोग गर्दै आएको दशगजाको बाटोमा अहिले आएर आफुहरुको उखु तथा अन्य अन्नहरु लाई काटन पनि नदिएको उनले बताए “आफना भारतीय नागरिकहरुलाई उक्त बाटो प्रयोग गर्न कुनै पनि रोकटोक नगर्ने नेपालीहरुलाई मात्र रोक्ने कारण के होे ।” कठायतले भने, “आफनो नम्वरी दर्ता भएको जमिनमा लगाएको उखु तोरी पनि आफुले ल्याउन नपाईने कस्तो नियम हो यो ।”

स्थानीय रामबहादुर विक र विवेक लम्सालले आफनो दर्ता भएको नेपाल भुमीको जग्गाबाट पनि उखु तोरीहरु पनि ल्याउन नदिइएको बताए । बेलौरी नगरपालिका १० भुडामा रहेको शसस्त्र प्रहरी पोष्टमा स्थानीयहरुले समस्या बताए पनि शसस्त्र प्रहरीहरुलाई पनि हिँडन नदिने भारतिय एसएसबीको कम्बोज नगर पोष्टले बताए पछि अहिले स्थानीयहरु पनि समस्यामा परेको लम्सालले बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले यो खासै ठुलो समस्या नभएको बताए । “दशगजा क्षेत्र भनेको उसै पनि दुबै देशका जनताले प्रयोग गर्न तथा आवत जावत गर्न प्रतिबन्धित क्षेत्र हो ।” उनले भने, “अहिले शसस्त्र प्रहरीका एसपी बाहिर जानु भएकाले आए पछि यसको समाधान गरिन्छ र हामीले भारतीय एसएसबीलाई अनुरोध गरि समाधानमा जानेछौ ।”

विगतमा पनि भारतीय एसएसबीको दादागिरी सहदै आएका स्थानीयहरुले गत बुधवार उक्त क्षेत्र नजिकै भारतीय एसएसबीले चोरशैलीमा बनाएको अस्थायी पोष्ट स्थानीयहरुको दवाव पछि हटाएका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here