यस्ता श्रीमान जसले श्रीमतीलाई दिनुपर्छ भनेर ११ करोडभन्दा बढी रुपैया ज’लाए

0
119

एजेन्सी । नेपालको कानुनमा श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद भयो भने श्रीमतीले आफ्नो अंशको सम्पत्ती पनि लैजान पाउने कानुन छ । जसका कारण नेपालमा विकृति समेत बढेको भन्दै चर्चा हुनेगर्छ । क्यानडाको राजधानी ओटावाका एक व्यवसायी ब्रुस म्याककनभिल एउटा यस्तो घ ट नाका कारण चर्चामा छन् । उनले गरेको यस्तो कार्यले अहिले विश्वमा चर्चा भएको छ । सबैले उनको कृयाकलाप सुनेर जिब्रो टो क्ने गरेका छन् । यी धनाढ्यले सम्बन्ध विच्छेदपछि पूर्वपत्नीलाई सम्पत्ती दिनुपर्छ भनेर ११ करोडभन्दा बढी रुपैयाँ बराबरको नोट ज ला इदिएका छन् ।

पूर्वपत्नीलाई क्षतिपूर्तिबापतको रकम नदिने नियतले उनले करोडौँ रुपैयाँ ज ला एका हुन् । उनले श्रीमतीलाई रकम नदिन पैसा ज ला एको वयान अदालतमा दिएका छन् । उनले न्यायाधीशलाई भनेका थिए, ‘म अत्यन्त भौतिकवादी मान्छे होइन । त्यसैले पैसा बचाउन मैले मिलव्ययी ब्यवहार गरेँ । पैसा कमाउनकै लागि मैले ३१ वर्ष सम्म ब्यवसाय समेत गरेँ ।

उनको कुरा न्यायधीशले पत्याएनन् र भने ‘तपाईंलाई विश्वास गर्न सकिन्न ।’ अघिल्लो मंगलबार उनले अदालतसमक्ष त्यस्तो भनेका उनले गत सेप्टेम्बर र डिसेम्बरमा गरी दुई पटक ११ करोड रुपैयाँभन्दा बढी मूल्यका नोट ज ला एको बयान दिए ।

उनको यस्तो कार्य पछि अदालतले उनलाई एक महिनाको जे ल सजाय दिएको छ । अदालतले सम्बन्ध विच्छेदको प्रक्रिया टुंगो नलागुञ्जेल हरेक दिन दुई लाख रुपैयाँको दरले पूर्वपत्नीलाई उपलब्ध गराउनू भन्ने आदेश पनि दिएको छ । एउटा शहरको मेयरमा उम्मेदवार बनेर हारेका उनका बारेमा अहिले सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । यस्ता ब्यक्तिले चुनाव जितेर मेयर वनेको भए कस्ता वितण्डा गर्थे होला भनेर टिप्पणी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here