रिहनको मुद्दामा उच्च अदालतले बोलायो मेडिकल काउन्सिल र ग्रान्डी अस्पताललाई !!!

0
208

अस्पतालको लापरवाहीका कारण आफ्नो भर्खर जन्मिएको छोराले भोगेको पीडा आमाबुवाका लागि पक्कै पनि निकै कठिन हुन्छ । रिहनका बुवा आमाले त्यो पीडा भोगी रहेका छन् । अस्पतालमा शल्यक्रिया मार्फत यो धर्तीमा आएका रिहनलाई के भएको हो भन्ने १० महिना सम्म थाहा नदिने ग्राण्डी अस्पताल विरुद्ध उनका बुवा सञ्जीव न्यौपाने र आमा एकता घिमिरेले अदालतमा दिएको मुद्दाका विषयमा प्रत्यर्थी झिकाउन आदेश दिएको छ ।

छोरा रिहनको महिनौं उपचारमा लार्खौ रुपैया खर्च गरे तर त्यसबीचमा भोग्नुपरेको मानसिक पीडा त आफ्नो ठाउँमा छ । तर अहिले लापरवाही गर्ने अस्पताललाई कुनै कारवाही भएको छैन । केही एक वर्ष अघि रिहनको बारेमा मिडियामा समाचार सार्वजनिक भएको थियो ।

ग्राण्डी अस्पतालमा पटक पटक टाउकाको शल्यकृया गरिएका रिहनको स्वास्थ्यमा सुधार आएन । अस्पतालमा १० महिना सम्म उपचार गर्दा सम्म उनीहरुलाई छोरालाई के भएको हो भन्ने थाहा दिइएन । रिहनका बुवा आमाले अस्पताल वाहिरवाटै उनका स्वास्थ्य समस्याका बारेमा जानकारी पाएपछि सोधी खोजी गरेका थिए । ५ पटक शल्यकृया गरियो तर पनि उनी निको भएनन् ।

यस्तो लापरवाही गर्ने ग्रान्डी इन्टरनेसनल अस्पताललाई कुनै कारबाही नगरेको भन्दै मेडिकल काउन्सिल वि रूद्ध सञ्जीव न्यौपाने र एकता घिमिरेले अदालतको ढोका ढकढक्याएका हुन् ।

मुद्दामा उच्च अदालत पाटनले त्यो मुद्दामा प्रत्यर्थी झिकाउने आदेश गरेको छ। चैतमा दिएको पुनरावलोकन मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश बबिता उप्रेती र जगतबहादुर थापाको इजलासले काउन्सिल र ग्रान्डी अस्पताललाई झिकाउने आदेश गरेको हो।

सञ्जीव र एकताले काउन्सिल, ग्राण्डी अस्पताल, अस्पतालका निर्देशक चक्रराज पाण्डे, उपचारमा संलग्न न्यूरो सर्जन अमित थापा, रूपेन्द्रबहादुर अधिकारी, अर्थोपेडिक्स विनोद बिजुक्छेसमेत ११ जनालाई हदैसम्मको कारबाही माग गर्दै चैतमा उच्च अदालत पाटनमा गएका थिए।

२०७५ असार १२ गते शल्यक्रियावाट रिहान जन्मिएका थिए । अस्पतालको भेन्टिलेटरमा राख्दा उनलाई संक्रमण भएको थियो । झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले अर्को वर्ष वैशाखमा मात्रै अस्पतालबाहिरबाट आफ्नो छोरा रिहन निको हुन नसक्ने थाहा पाएका थिए। त्यसपछि सञ्जीवले आफूलाई अस्पताल र डाक्टरहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्राण्डी अस्पताल, प्रशासन र डाक्टरवि रूद्ध उजुरी हालेका थिए।

उनीहरुले १० महिना सम्म आफुहरुले भोगेको आर्थिक क्षती, छोराले भोग्नु परेको समस्याका कारण उसको जीवनमा परेको असरको मुल्याकंन गरी २ करोड ५० लाख क्षतीपुर्ती मागदावी सहित अदालतमा मुद्दा दिएका छन् ।

लापरबाहीपूर्वक कार्य गरेकाले उसलाई आजको अवस्थामा पुर्‍याउने विपक्षी अस्पताल तथा चिकित्सकहरुले निजको हेरचाहमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरि आदेश गरि पाऊँ। अदालतमा पेश गरिएको निवेदनमा भनिएको छ ।

यो पनि पढ्नुहोस् :असुरो के हो ,कसरी गर्ने प्रयोग , कस्ता रोगीहरुलाई उपयुक्त हुन्छ ?:नेपालमा १२०० मिटर सम्मको उचाइमा पाइने असुरो वनमा पाइने जडिबुटी हो । आयुर्वेदमा यसको महत्वको विषयमा विशेष चर्चा हुन्छ ।यो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। विभिन्न औषधीय गुण हुने असुरको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हा’निकारक पनि हुन सक्छ।असुरोको बोट बन-जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउँहरुमा पाइन्छ ।

असुरोको बुटा प्रायः १ मिटर भन्दा अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ से.मी.सम्म हुन्छ।पातको किनारा धा’रिलो हुन्छ । फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेतवारी एवं कान्लाहरुमा पनि प्रशस्तै पाइन्छ।

श्वासमार्गमा जमेर रहेको कफलाई यसले सजिलै बाहिर निकाल्न मद्दत पु¥याउँछ । गाउँघरमा असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखु जसरी खाने गरिएको पाइन्छ ।यसको हरियो पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँ तथा मासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ।

त्यस्तै धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ।आयुर्वेदअनुसार यसको प्रयोग घाँटी दुख्ने, हृदयरोग, दम, ज्वरो, कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन भने मिलाउन आवश्यक रहन्छ ।

कस्तो अवस्थामा असुरोको प्रयोग गर्ने ?रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी देखिएमा, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत बगेमा, विकार रक्तको शुद्धीकरण, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा वा सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएको अवस्थामा समेत यसको प्रयोग गर्न सकिन्छ ।यसको पातबाट काढा पकाएर सेवन गरिन्छ। चर्मरोगमा पातको लेदो दलिन्छ। शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ। साथै असुरोबाट जैविक बि’षादी र हरियो मल बनाइन्छ।
DarpanNepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here