यस्तो हदैसम्मको ल’ज्जास्पद हर्कत गरेपछि आरआर क्याम्पसबाटै प’क्राउ परे प्राध्यापक आचार्य

0
227

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक प’क्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य प’क्राउ परेका हुन् ।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौ’न हिँ’सा गरेको आ’रोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार प’क्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौ’न हिँ’सा गरेको आ’रोपमा उनलाई प’क्राउ गरिएको हो ।

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अ’भद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए । यसैबीच उता बाँकेमा लाठी प्र’हार गरी आफ्नै भाइको ह’त्या गरेको आ’रोपमा एकजना प’क्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय इसाइल खाँ रहेका छन् ।

प्रहरीका अनुसार इसाइलले आफ्नै भाइ १७ वर्षीय रहिस खाँलाई टाउकोमा लाठी प्र’हार गर्दा उनको घ’टनास्थलमै मृ’त्यु भएको थियो । सोही ठाउँस्थित बारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा इसाइलले रहिसको टाउकोमा लाठी प्र’हार गरेका थिए ।

इलाका प्रहरी कार्यालय नैनापुर र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले इसाइललाई सोमबार राति नि’यन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि

काठमाडौं। नेपाल पुरुषप्रधान देश हो । अहिले पनि पुरुषले घरबाहिर र महिलाले चुलोचौकाको काम गर्नुपर्छ भन्ने मान्यता कायमै छ । कतिपय महिला जीवनमा नयाँ गर्ने चाहना हुँदाहुँदै पनि सामाजिक संस्कारका कारण खुलेर बाहिर आउन सकिरहेका छैनन् । तर, पछिल्लो दशक हरेक क्षेत्रमा महिलाको पहुँच बढ्दो छ । यसका लागि राज्यले पनि विभिन्न आरक्षणको व्यवस्थासमेत गरेको छ । अहिलेको सामाजिक परिवेशमा अगाडि बढ्नका लागि महिलामा के चाहिन्छ त ? मेगा बैंककी असिस्टेन्ट डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई नयाँ पत्रिकाका विश्वास खड्काथोकीले सोधेका छन् :

-महिला बोल्ड र सफल हुनका लागि पहिलो कुरा आफ्नो क्षमता बुझ्न जरुरी हुन्छ । पढेको वा नपढेको जस्तोसुकै महिला किन नहोस्, आफ्नो क्षमताको पहिचान गरी सम्बन्धित क्षेत्रमा लाग्नुपर्छ । जसले जस्तोसुकै काम रोजे पनि ऊभित्र उत्साह हुन जरुरी छ । सँगसँगै बलियो विलपावर पनि चाहिन्छ । त्यही विलपावरले नै महिलाको लक्ष्य निर्धारण गर्छ । विलनेसले नै लक्ष्यसम्म पुग्नका लागि भूमिका खेल्छ।

-कतिपय महिला अनएजुकेटेड छु भन्दैमा अगाडि बढ्न हतोत्साहित भएका हुन्छन् । र, कतिपय मान्छे मास्टर्स गरेर पनि केही नगरी बसेका छन् । महिलाले सोच्न के पर्छ भने हामीले केचाहिँ छोडेर जाने ? के योगदान गर्ने ?

-नेपाली समाजमा महिलाको गतिविधिलाई निर्धारण गरिएको छ । संस्कारले बाँधेको छ, कुनै बन्द भाँडामा राखेको सामग्रीजस्तो । तर, कोही महिला अगाडि बढ्न चाहन्छ र कुनै क्षेत्रमा केही योगदान गर्न खोजिरहेको छ भने ऊसँग कन्भिन्सिङ पावर चाहिन्छ । कुनै महिलाले घरका दिवार फोड्नुपर्छ, झगडा गर्नुपर्छ भन्ने होइन । घरका मानिसलाई पनि कन्भिन्स गरेर आफ्नो लक्ष्यप्राप्तिका लागि अगाडि बढ्नुपर्दछ।

-मानिसले महिलालाई ठाउँ दिने विषयमा सबैभन्दा पहिला पाइन्ट र फ्रकभन्दा पनि उसको क्षमता हेर्नुपर्दछ । महिलालाई अहिले पनि विभिन्न कुरामा डोमिनेट गरिएको हुन्छ । त्यो विषयमा ध्यान नदिएर आफ्नो क्षमताप्रति पूर्ण विश्वास हुन जरुरी हुन्छ।

-अगाडि बढ्न खोज्ने महिलालाई विभिन्न आरोप पनि आउँछन् । नैतिकतामाथि प्रश्न खडा गरेर डिमोरलाइज गर्न खोजिन्छ । यस्तो अवस्थामा पनि महिलाहरू सम्हालिएर अगाडि बढ्नुपर्दछ।
अगाडि बढ्न खोज्ने महिलामा बौद्धिक सुन्दरताको पनि जरुरी हुन्छ।

-महिलामा आर्थिक स्वतन्त्रता हुँदैन । यो निकै दुखद पक्ष हो । यतिसम्म कि उसमा आम्दानी गर्ने र खर्च गर्ने स्वतन्त्रता पनि हुँदैन । अगाडि बढ्ने महिलामा आर्थिक स्वतन्त्रता चाहिन्छ।

-कतिपय महिला केही गर्ने चाहना हुँदाहुँदै पनि घरबाट बाहिर निस्कन सकिरहेका हुँदैनन् । त्यसैले उनीहरूले कम्तीमा स्वतन्त्र रूपमा गाँस, वास र कपासको व्यवस्था गरेर लक्ष्यप्राप्तिको लागि दोडनुपर्दछ।

-महिला सफल हुनका लागि पुरुषको पनि हात चाहिन्छ । जसरी धेरै पुरुषको सफलतापछाडि महिलाको देन छ।

-महिला म्यानेजमेन्टमा निकै सिपालु हुन्छन् । यो उनीहरूको जन्मजात क्षमता हो । पैसाको व्यवस्थापन र घरपरिवारको व्यवस्थापनमा महिलाको सधैँ दख्खल हुन्छ । महिलाले अरूको दिमागलाई बुझेर दिमाग मात्र होइन, हात पनि चलाउन सक्छन् । यो महिलाको सबैभन्दा ठूलो स्ट्रेन्थ हो।

-महिलाको कमजोरी भनेको प्रोपर्टीमा उसको हक र स्वतन्त्रता हुँदैन । त्यसैले महिलाले मात्र होइन, सफल बन्नका लागि हरेक नेपालीले आफ्नो अधिकारबारे राम्रोसँग थाहा पाउनुपर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here