शरीरमा भिटामीन डिको कमि हुँदा यस्ता लक्षण देखिन्छन

0
191

भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ । यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

शरीरमा भिटामिन डीको कमीको लक्षण देखिने गरी आउँदैन । त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा हुँदैन । त्यसैले त चिकित्सकहरू भिटामिन डीको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्छन् ।

शरीरमा भिटामिन डीको कमी हुँदा यस्ता लक्षण देखिन्छ

-हड्डीमा दुखाइ महसुस हुनु

-मांसपेशी कमजोर महसुस हुनु

-थकान तथा कमजोरी महसुस हुनु

-आवश्यकभन्दा बढी निद्रा लाग्नु

-डिप्रेसनमा परेको महसुस हुनु

-शरीरको तुलनामा टाउकोबाट अत्यधिक पसिना आउनु

-बारम्बार रोगको संक्रमण हुनु

-सास फेर्न कठिनाइ महसुस हुनु

शरीरमा भिटामिन डीको कमी भए के के हुन्छ ? हेर्नुहोस

छालाको रङ्ग गाढा हुनु
छालाका गहिरो रङ्ग मिलेनिन नामक पिगमेन्टका कारण हुुने गर्छ । मिलेनन अत्यधिक भएका कारण घाम लाग्नासाथ छालामा भिटामिन डी को निर्माण सही तरीकाले हुन पाउँदैन । विभिन्न शोधबाट आएका नतिजाहरूले उमेर बढेसँगै गाढा छाला हुने व्यक्तिमा भिटामिन डीको कमी हुने गरेको बताएको छ ।

मधुमेह
मधेमेहको मुख्य कारण मोटोपनालाई लिइन्छ । तर मोटोपनाका साथै भिटामिन डीको कमीका कारण पनि धेरैलाई मधुमेह हुने गर्छ । डायविटिज केयर जर्नलमा प्रकाशित शोधअनुसार मोटोपना तथा भिटामिन डीको समस्या कुनै व्यक्तिलाई एकसाथ भएमा शरीरमा इन्सुलिनको मात्रा असन्तुलित भई मधुमेहको जोखिम बढ्ने गर्छ ।

बच्चाहरूमा रक्तअल्पताको खतरा
रगतमा भिटामिन डीको स्तर ३० न्यानो ग्राम प्रति मिलिलिटर भन्दा कम भएमा बच्चाहरूमा रक्तअल्पताको जोखिम उच्च हुने गर्छ। चिकित्सकहरूका अनुसार ३० न्यायो ग्राम प्रति मिलिलिटरभन्दा कम स्तर भएका बच्चाहरूलाई सामान्य भिटामिन डीको स्तर भएका बच्चाहरूको तुलना रक्तअल्पता हुने खतरा दुई गुणा बढी हुने गर्छ ।

यसभन्दा अघि गरिएका थुप्रै अध्ययनहरूमा समेत भिटामिन डी र रक्तअल्पत्रा बीच सम्बन्ध रहेको पाइएको थियो । सोही अध्ययनका क्रममा यो पनि पत्ता लागेको छ कि भिटामिन डीको कमीले रातो रक्तकोषिकाको उत्पादनमा समेत असर पर्छ।

शरीरमा भिटामिन ‘डी’को कमी हुन नदिन यसो गर्नुहोस ।
-सालमन, टुना आदि माछालाई भिटामिन ‘डी’को उच्च स्रोत मानिन्छ । सालमोनको सेवन शरीरका लागि आवश्यक पर्ने भिटामिन ‘डी’को करिब ३० प्रतिशत भाग पूरा गर्न सहायक मानिन्छ ।

-दूध भिटामिन ‘डी’को राम्रो स्रोत हो । शरीरलाई दिनभरमा आवश्यक पर्ने भिटामिन ‘डी’ को करिब २० प्रतिशत भाग दूधले पूरा गर्छ । जब कि अन्य दुग्धजन्य पदार्थले दूधको मात्रालाई खासै पूरा गर्दैन ।

-अण्डामा पनि भिटामिन ‘डी’ प्रशस्त मात्रामा पाइन्छ । अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मुख्यतः भिटामिन ‘डी’ अण्डाको भित्री भागमा पाइने भए पनि अण्डालाई पूरा खानु राम्रो हुन्छ । अण्डाको बाहिरी भाग मात्र खानाले शरीरमा भिटामिन डीको पूर्ति राम्रोसित नहुनसक्छ ।

-सुन्तलाको रसमा पनि भिटामिन डी प्रशस्त पाइन्छ । विशेषज्ञहरूका अनुसार भिटामिन डीको सेवनले स्वास्थ्यमा निकै सुधार हुने गर्छ।

-अन्नहरूमा पनि भिटामिन ‘डी’ भरपूर मात्रामा पाइन्छ । शरीरमा भिटामिन डीको पूर्तिका लागि दैनिक खानामा गहुँ, चना, मकै, जौ आदि अन्न्बालीको प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here