दाँत दु’खेर चेक गर्न महिला डाक्टरकोमा गएका ४ युवाले डाक्टरलाई नै बन्धक बनाएर यस्तो गरे…

0
173

एजेन्सी । दाँतको डाक्टरले घरमै अस्पताल खोलेकी थिइन् । दाँत दुखेको भन्दै महिला डाक्टरसंग समय लिएर चार जना ब्यक्ति अस्पताल गए । तर उनीहरुले उनै महिलाको घरको पैसा गहना लुटेर हिँडे । यो घटना भारत अमृतसरको सिभिल लाइन थाना क्षेत्रको लरेन्स रोड स्थित शास्त्री नगरमा भएको हो ।
चार जना ब्यत्तिले एक महिला डाक्टरलाई बंधक बनाएर घरमा राखेका लाखौं रूपैयाँ र सुनका गहना लुटेर भागेका हुन् । पुलिस घटनास्थल पुगेको छ र अनुसन्धान शुरू गरेको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

महिला डाक्टर आफ्ना परिवारसहित घरमा आराम गरीरहेको बेला बुधवार राती उक्त घटना भएको थियो। बुधवार राती डा शिवांगी अरोड़ा आफ्नो सासु, साना बच्चाहरु र अभिभावकको साथ घरमा थिइन् ।

यसैबीच, दुई मोटरसाइकलमा गएका चार युवकहरूले उनको घरको ढोका ढकढक्याए। ढोका खोल्ने बित्तिकै युवकहरु मध्य एक जनाले भने, मेरो दाँत दुखेको छ त्यसैले डाक्टरलाई देखाउन चाहन्छु । मलाई औषधी पनि दिनुस् ।

महिला डाक्टरले ति युवकलाई जाँच गर्ने कोठामा लिएर गइन् । त्यही मौकामा ति युवकले महिला डाक्टरलाई बन्धक बनाए । परिवारका अन्य सदस्यलाई पनि ब न्दु क देखाएर डराए । अनि घरमा भएका सुनका गहना, लाखौं रुपैयाँ नगद र बहुमूल्य सामान लिएर गए ।
अमृतसरका पुलिस आयुक्त सुखचैन सिंह गिलले अनुसन्धानकर्ता कुकुरको सहयोगले घटनाको अनुसन्धान सुरु गरेको बताएका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here