असल ईमान्दार लोग्ने को खोजीमा ! सम्पर्क नम्बर सहित

0
237

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो ।पुरा सम्पर्क गर्न👇यहाँ खोल्नुहोस

घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने, हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू ।

किन र तिमी पनि जाऊ न इजरायल ! अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने ।

सधैँ यही तीन कोठामा जिन्दगी बिताउने । भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न ! श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी, जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक छोराछोरी सासूससुराको जिम्मा लगाई म हिँडेँ इजरायल ।

इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी थिएँ । मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो । मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र । आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ, कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ ।पुरा सम्पर्क गर्न👇यहाँ खोल्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here