१० लाखमा भनेजस्तै घडेरी काठमाडौं उपत्यकामा ; नसोच्ने गरी घट्यो घडेरीको मूल्य

0
56

काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ पुग्नु पर्ने हुन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ :

१) इचंगुनारायण, काठमाडौं काठमाडौंको नागार्जुन नगरपालिकाको इचंगुनारायणतिर अहिले पनि आनाको ८ देखि १० लाख रुपैयाँसम्म जग्गा किन्न पाइन्छ ।

२) काभ्रेस्थली (माथिल्लो भाग), काठमाडौं काभ्रेस्थलीको माथिल्लो भेगतिर शान्तीधाम एरियामा आनाको १० लाखसम्ममा टुक्रा जग्गाको कारोबार भाइरहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

३)चन्द्रागिरी नगरपालिकामा पर्ने दहचोकको माथिल्लो भेग कालु पाण्डेको समाधिस्थल वरिपरि १३ फिटे बाटोमा आनाको ६ देखि १० लाख रुपैयाँसम्मको जग्गा पाइन्छ ।

४) मातातिर्थ, काठमाडौं मातातिर्थको चन्द्रागिरी जंगलसँग जोडिएको ठाउँ वरिपरी पनि ८ देखि १० लाख आनाको जग्गा किन्न पाइन्छ

जहरसिंग पौवा, काठमाडौं शंखरापुर नगरपालिकाको जहरसिंह पौवा, चौकी भन्ज्याङ, लप्सेफेदी, नाङ्लेभारे लगायत ठाउँमा १३ फुटे बाटासम्म जग्गा पनि १० लाखभन्दा कम मूल्यमा पाइन्छ ।

सुडाल, भक्तपुर भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने सुडालको आसपास पनि आनाको ६ लाखदेखि १० लाख रुपैयाँसम्मका जग्गा पाइन्छन् । गोरेटो बाटो र एकमुष्ठ धेरै जग्गा उठाएमा अझै सस्तोमा जग्गा पाइने टाउनसिप प्रोपर्टीका सञ्चालक देबेन्द्र दाहाल बताउँछन् ।

बागेश्वरी, भक्तपुर चांगुनारायणको छालिङ र बागेश्वरी आसपासमा पनि १० देखि १३ फुटे बाटोमा १० लाखभन्दा कम मूल्यमा टुक्रा जग्गाहरु पाउन सकिन्छ ।

डोलेश्वर भक्तपुरको डोलेश्वर महादेव मन्दिर वरिपरि पनि १० लाखभन्दा कम मूल्यमा जग्गा भेटिन्छन् । मुलडोल (चापागाउँ), ललितपुर चापागाउँ बसपार्कबाट ५०० मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा रहेका क्षेत्रमा पनि आनाको १० लाखमुनिका जग्गा पाइन्छन् । बडीखेल, ललितपुर बडीखेल आसपासमा आनाको ८ देखि १० लाखसम्ममा जग्गा पाइन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here