कोरोनाविरुद्धको भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

0
91

शनिवार २० मंसिर २०७७

काठमाडौं – रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्।

टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने छन्। रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित रसियन राजदूतावासका कर्मचारीले भेट गरेका छन्। रुसले विकास गरेको खोप नेपालमा प्रयोग गर्ने गरी ल्याउन लागिएको भने होइन।

नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशलाई कोभिड भ्याक्सिनमा सहयोग गर्न आग्रह गर्दै नेपालले कूटनीतिक रूपमा पत्राचार गरेकाले त्यसको ‘रेन्सपोन्स’ गर्न रुसी टिम नेपाल आउन लागेको बताइएको छ। रुसले स्पुतनिक-भी भ्याक्सिन निर्माण गरिरहेको छ। यसको प्रभावकारिता दर ९० प्रतिशतभन्दा बढी भएको दाबी गरिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here