यी हुन् नेपालमा पाइने महंगा रक्सी, एक बोतलकै ६ लाख

0
114

काठमाडौं । एउटा भनाइ छ नि- प्रेम र मदिरा जति पुरानो भयो त्यति राम्रो मानिन्छ । मदिरा यस्तो चीज हो, जसको उत्पादन प्रक्रिया जति लामो भयो, त्यति नै महंगो पनि हुन्छ । तर प्रेम संस्कृति हो भने मदिरा विकृति हो ।दशैंको मंगलधुनले सहर गुञ्जायमान हुन थालिसकेको छ । दशैंको सुरुवातसँगै मासुका अनेकन परिकारसँगै मदिराका स्वादले जनजिव्रो स्वादिलो बन्दै जान्छ । मदिरा पारखीका लागि दशैं अवसर पनि हो भन्दा फरक पर्दैन् ।

नेपालमा पाइने रक्सी भनेको तीनपाने हो । जसलाई हामी लोकल रक्सी पनि भन्छौं । नेवारी समूदायमा ‘अ‍ैला’ चर्चित छ । परम्परादेखि नै चलनचल्तीमा रहेको यो रक्सीलाई नेवारी समूदायले पुजापाठमा समेत प्रयोग गर्दछन् ।गाउँघरमा जाँड, छ्याङ चलनमा भए पनि नेपालमा विदेशी रक्सीको प्रयोग पनि उत्तिकै छ । नेपालमा खासगरी रेड लेभल, ब्ल्याक लेभल, ग्रिन लेभल, ब्लु लेभलको जति चर्चा छ, सँगै ज्याक डेनियल, अर्लि टाइम्स, सिम्रोफ, सिंगल मार्ट, चिवास, टिचर जस्ता मदिरा महंगा ब्राण्डमा पर्छन् ।तर यी मदिराभन्दा पनि अझ महंगा रक्सी नेपालमा पाइन्छन् । राजधानीको दरबारमार्गस्थित ग्रिनलाइन सेन्टरमा विदेशी मदिरा मात्रै उपलब्ध छन् । जहाँ हरेक प्रकारका वाइन, स्याम्पेन, ह्विस्की, ब्राण्डीहरु उपलब्ध छन् ।

दरबारमार्गको यो पसलमा सबैभन्दा महंगो रक्सी ‘क्यामुअस कोन्याक ५.१५०’ छ । यो रक्सीको मूल्य ६ लाख ७ हजार २०५ रुपैयाँ तोकिएको छ । यसको बोतल हातबाट बनाइएको हो । यो ब्राण्डी अंगुरको बोक्रालाई ४० वर्ष लगाएर बनाइएको हो ।अर्को महंगो रक्सी भनेको लुई १३औं कोन्याक छ यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसको बोतलमा सुनले लेपन गरिएको छ । त्यस्तै, सिंगल मार्ट पनि छ । सिंगल मार्टको एक बोतलकै मूल्य २ लाख ३८ हजार रुपैयाँ तोकिएको छ ।त्यसबाहेक ‘मास्टर कलेक्सन’, ‘रोयल सेलुट-६२’ पनि उपलब्धमध्येका महंगा रक्सीहरु हुन् ।

ग्रिनलाइनमा स्पाम्पेन पनि छ । स्याम्पेन फ्रान्सको स्याम्पेन रिजनमा मात्रै बन्छ । यो एउटा ट्रेडमार्क नै हो । अरु ठाउँमा बनेको हो भने त्यसलाई स्पार्कलिङ वाइन भनिन्छ ।सामान्यतयाः १ हजार रुपैयाँबाट सुरु हुने यसको मूल्य दरबारमार्गको यो पसलमा भने ५ हजार रुपैयाँदेखिका स्याम्पेन उपलब्ध भएको इन्चार्ज निश्चर राना मगरले जानकारी दिए ।वाइनको कुरा गर्ने हो भने यहाँ विभिन्न थरीका विदेशी वाइनहरु उपलब्ध छन् । सस्तोमा १५ सय रुपैयाँदेखि १८ हजार रुपैयाँसम्मका वाइनहरु यहाँ छन् । रेड वाइन, ह्वाइट वाइनका विभिन्न प्रकारका स्वाद मन पराउनेका लागि ग्रिनलाइनमा जान सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here