हेर्दा हेर्दै नदीको पानी खु’न जस्तै रातो, रहस्य बताउनेलाई एक लाख इनाम दिइने!

0
65

भारतमा एक अचम्मको घटना भएको छ । त्यहाँ महाराष्ट्रको ठाणे जिल्लामा, वलधुनी नदीको पानी अचानक खु’न झैं रातो रंगमा देखा पर्न थाल्यो, जस पछि यसको तस्वीरहरू सोशल मीडियामा भाइरल भयो ।नदी नजिकै उल्हासनगर र अंबरनाथ टाउनशिपका बासिन्दाले वाल्धुनी खोलामा वि षा क्त र सा य न फालिएको आरोप लगाएका छन् जसले पानी रातो मात्र बनाएन, जनतालाई पनि गाह्रो भएको छ ।स्थानीय बासिन्दाका अनुसार राज्य प्रदूषण बोर्ड एमपीसीबीलाई बारम्बार गुनासो गरे पनि पुलिस र नगरपालिका अधिकारीहरूले सुनवाई गरेनन् ।समाचार को भिडियो हेर्न तल किल्क गर्नुस्

उल्हासनगरका पार्षदले बस्ती हुँदै बग्ने खोलामा अव्यवस्थित औद्योगिक फोहोर फाल्नेबारे सम्बन्धी जानकारी प्रदान गर्नेलाई १ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।यस अघिपनि त्यस नदी वरपर रहेका बासिन्दाहरूले कठिनाइहरूको सामना गर्नु परेको थियो । नदीको किनारमा बस्ने धेरैजसो मानिसहरूलाई बा न्ता भयो र अस्वस्थता महसुस भयो । मानिसहरूलाई त्यहाँ सास फेर्न पनि समस्या भएको थियो ।त्यस समयमा धेरै मानिसहरू त्यहाँबाट बसाई सरेकाले डम्प गरिएका फोहोरहरूले हावा प्रदूषित गर्‍यो । यसबारे एक उजुरी पनि परेको थियो तर त्यसपछि केसलाई स्थगित गरियो ।त्यसबेलादेखि त्यहाँका स्थानीय बासिन्दाले पनवेल नजिकै रा सा य नि क कारखाना र फोहोर फाल्ने ट्यांकरहरू बन्द गर्न अधिकारीहरूलाई अनुरोध गरे ।अम्बरनाथको एमआईडीसीस्थित वेस्ट ट्रीटमेन्ट प्लान्टमा पठाउनुको सट्टा फोहोर नदीमा फालिन्छ । त्यहाँका अब्यवस्थित कारखानाले नदीको पानी रातो बनाएको छ भने बातावरणको धुँवा कालो भएको छ ।इंडिया टुडेसँग कुरा गर्दै उल्हासनगरका एक नगरसेवक टोनी सिरवानीले भने, यसअघि सयौं व्यक्तिलाई रोग लागेको थियो तर फोहोर फाल्ने काम भने रोकिएको छैन ।यस महिना त्यहाँका बासिन्दाहरूले उनीहरूको आँखामा ज ल न, चिलाउने र सास फेर्न गार्हो भएको गुनासो गरे । समाचार र तस्वीर श्रोत – आजतकसमाचार को भिडियो हेर्न तल किल्क गर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here