धन प्राप्तीका ७ सरल उपाय

0
85

नेपाल एक यस्तो देश हो जहाँ देवीदेवताका अलावा रुपैयाँ, पैसा गरगहनाको समेत धार्मिक र सांस्कृतिक महत्व छ । यसै आधारमा गरगहनको पनि विधिवत पूजा गरिन्छ ।

धनसम्पतीले मानिसको आर्थिक जीवन सबल बन्नुको साथै सामाजिक स्तरसमेत उच्च बनाउँछ । यही धनको अभावमा कैयौं आवश्यकताहरु पूरा हुन पाउँदैनन् । आज हामी धन प्राप्ती गर्ने ज्योतिष शास्त्रका उपाय बारे चर्चा गर्नेछौँ-।

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सम्पदा, वैभव, ऐश्वर्य, भौतिक सुख संसाधन आदिको कारक मानिन्छ । यदी कुनै व्यक्तिको कुण्डलीमा शुक्र शुभ स्थितिमा भए आर्थिक जीवन राम्रो र शुक्र कमजोर भए वित्तिय समस्या हुने गर्दछ । यसका साथै बृहस्पति ग्रहको सम्बन्धसमेत धनसंग जोडिएको हुन्छ ।

कुण्डलीको दोश्रो भावलाई धन भाव भनिन्छ । यस भावबाट व्यक्तिको जीवनमा धन र धनको बचत थाहा पाउन सकिन्छ । यसका साथै कुण्डलीको एघारौं घरसमेत आयसँग जोडिएको हुन्छ । यसभावले व्यक्तिको आम्दानी थाहा पाउन सकिन्छ । आर्थिक जीवन बलियो पार्न जन्मपत्रमा दोश्रो र एघारौं घर मजबूत हुनु पर्दछ ।

धन प्राप्तीका ७ सरल उपाय १. कुण्डलीमा शुक्र र बृहस्पतीको स्थिती मजबूत पार्नु पर्दछ । २. कुण्डलीको दोश्रो र एघारौं भाव तथा यस भावका मालिक ग्रह बलशाली बनाउनु पर्दछ । ३. शुक्रवारको पूजापछि श्रीसूक्त पाठ गर्नु पर्दछ । ४. तुलसीको बिरुवा रोपेर त्यसको नियमित पूजा गर्नुहाेस।
५. घरलाई हमेशा सरसफाईयुक्त बनाउनुहोस् । ६. धनका देवता कुबेरको पूजा गर्नुहोस् । ७. श्रीयन्त्र, महालक्ष्मी यन्त्र र श्री धन वर्षा यन्त्र स्थापना गरी नियमित पूजा गर्नुपर्छ ।- एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here