नेपाली गाँउ खाने कथा – Nepali Gaun Khane Katha

0
151
  1. हात खुट्टा केही पनि छैन, जतासुकै जान्छ । बोल्ने मुख नभएपनि गोप्य कुरा खोल्छ । ल भन्नुस के हो?

👉 चिठी

 

2. सानो सानो घर भित्र केट केटि बस्छन्। टाउको मा सबैले कालो फेटा कस्छन्। के हो?

👉 सलाई भित्रको काँटी

 

3. रोगको जरा भएपनि ओठभित्र राख्छन्, रस तितो भएपनि मिठो मानी चाख्छन्, के हो ?

👉 सुर्ति खाने

 

4. दिनभरि सुत्ने, रातभरि उठने, के हो?

👉 चमेरो

 

5. टाउकोले लेख्ने, पुच्छरले मेटने, के हो?

👉 पेन्सिल

 

6. पढन, लेख्न, हेन पनि हुन्छ मेरो काम, कागज, कलम, मसी होइन भन मेरो नाम

👉 चश्मा, कम्प्यूटर

 

7. एक भाइ नाच्ने, ५ भाइ हेर्ने, ४ भाइ लुक्ने, के हो?

👉 सुर्ति मलेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here